onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

करीना कपूर खानबाट टि -ट्वान्टी विश्वकपको ट्रफी अनावरण

एजेन्सी | अर्को बर्ष अष्ट्रेलियामा हुने आईसीसी पुरुष तथा महिला टि – ट्वान्टीको विश्वकप ट्रफीलाई बलियुडकी चर्चित अभिनेत्री करीना कपूर खानले अनावरण गरेकी छिन ।

ट्रफीलाई अनावरण गरेपछी करिनाले यो मौकालाई सम्मानको स्वरुपमा लिएको भन्दै खुशी ब्यक्त गरेकी छिन ।

करिनाले ट्र्फिलाई अनावरण अष्ट्रेलियास्थित मेलवर्नमा शुक्रबार गरेकी थिइन । सो कार्यक्रममा उनले यो स्तरको ग्लोबल ईभेन्टमा सहभागी हुन पाउँदा आफुलाई सम्मानित भएको महशुस भईरहेको बताएकी थिइन ।


विश्वकप अन्तर्गत महिला विश्वकप पुरुषको भन्दा अगाडीबाट सुरु हुने क्रममा फ्रेबुअरी २१ देखि मार्च ८ सम्म चल्नेछ जसमा १० टिमले सहभागिता जनाउँदै छ्न । जसमा ९ टेस्ट मान्यता प्राप्त देशका साथमा थाईल्याण्ड पनि खेल्दैछ ।

यता पुरुष विश्वकप भने अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म सन्चालन हुनेछ । जसमा १६ राष्ट्रले प्रतिष्पर्दा गर्नेछ्न ।

प्रतिक्रिया दिनुहोस्