onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ज्ञानेन्द्र मल्ल नयाँ कप्तान

काठमाडौं ( अनलाइन खेलखवर ) | नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी लामो समय उप – कप्तान रहेका ज्ञानेन्द्र मल्ललाई टिमको नयाँ कप्तानमा नियुक्त गरिएको छ ।

पारस खड्काले कप्तानी छोडेसँगै नेपाल क्रिकेट संघ ( क्यान )ले आज मल्ललाई नयाँ कप्तानको रुपमा चयन गरेको जानकारी गराएको छ ।

यस्तै टिमको उप – कप्तानको जिम्मेवारी भने युवा क्रिकेटर दीपेन्द्र सिँह एरिलाई दिईएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अनलाइन खेलखबरलाई गराएको जानकारी अनुसार उनलाई तत्कालका लागि कप्तानमा चयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्