onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

स्कटल्याण्ड चौथोपटक विश्वकपमा छ्नोट

एजेन्सी | अर्को बर्ष अष्ट्रेलियामा हुने आईसीसी टि -ट्वान्टी विश्वकपमा स्कटल्याण्ड चौथो पटक छ्नोट हुन सफल भएको छ ।

बुधबार भएको युएईमा जारी ग्लोबल क्वालिफायरको तेस्रो प्ले अफमा आयोजक युएईलाई शानदार ९० रनले पराजित गरेसँगै स्कटल्याण्ड चौथोपटक विश्वकपमा पुगेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा स्कटल्याण्डले ट्स जितेर सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो ।

त्यसपछि स्कटल्याण्डले दिएको विशाल चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ युएईले १८.३ ओभरमा अलआउट हुँदै १ सय ८ रनमा सिमित हुन पुगेपछी खेल स्कटल्याण्डले आफ्नो पक्षमा पार्दै चौथो पटक बिश्वकपमा पुग्न सफल भएको हो ।

यता पराजित युएईले अर्को बर्ष अष्ट्रेलियामा हुने बिश्वकप गुमाएको छ ।

स्कटल्याण्ड यसअघि सन २००७ , २००९ र २०१६ को बिश्वकप पनि खेलेको थियो ।

यसअघि समूह विजेताको हैसियतबाट पप्पुवा न्युगिनी र आयरल्याण्ड पुगिसकेका छ्न भने पहिलो प्लेअफमार्फत नेदरल्याण्ड र दोस्रो प्ले अफबाट नामिबिया छ्नोट भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्