onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चीनमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली यु -१९ महिला टोलीको घोषणा

काठमाडौं(अनलाइन खेलखबर ) | आउँदो कार्तिक २५ देखि ३० सम्म चीनमा हुन गईरहेको `बी एण्ड आर कप ´ महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली यू- १९ महिला टोलीको घोषणा गरिएको छ ।

आज मंगलबार घोषणा गरिएको १८ सदस्यीय टोलीको कप्तानीको जिम्मेवारी डोलि भट्टलाई दिएको छ भने टिमलाई कलाम खानले प्रशिक्षक गर्नेछ्न ।

टिमभित्र राष्ट्रिय टिमबाट खेलिसकेकी कबिता कुवँरलेलाई पनि समाबेश गरिदा भर्खरै नेपालको पहिलो महिला फेन्चाईज लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल) मा राम्रो प्रभाव छोड्न सफल भएका खेलाडीलाई प्राथमिकता दिदै टोलीमा समाबेश गरिएको छ ।

खेल तालिका

यु – १९ महिला टोलीलाई राष्ट्रिय खेलकुद परिषद ( राखेप ) का चिफ प्रशिक्षक जगत टमटा , छ्नोट समितिका सदस्य बिनोद दास र प्रशिक्षक कलाम खानले टिम छ्नोट गरेको हो ।

नेपाली यु -१९ महिला टोली

१.डोली भट्ट(कप्तान)
२.कविता कुँवर
३.कृतीका मरासैनी
४.यसोदा विष्ट
५.रुवी पोद्धार
६.राजमती ऐरी
७.इश्वरी विष्ट
८.लक्ष्मी साउद
९.खुसी डंगोल
१०.हेलिसा लामा गुरुङ
११.ज्योती दनुवार
१२.निग्मा तामाङ
१३.शिला क्षेत्री
१४.लक्षिता राजवंशी
१५.गोमा आले
१६.पेमा लामा शेर्पा
१७.मनिषा मगर
१८.श्रृष्टी पौडेल

प्रतिक्रिया दिनुहोस्