onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पारसले बुझाए क्यानलाई आफ्नो राजिनामा पत्र

काठमाडौं ( अनलाइन खेलखबर ) । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई लामो समय नेतृत्व गरेका पारस खड्काले आफ्नो कप्तानीको राजिनामा पत्र सोमबार नेपाल क्रिकेट संघ ( क्यान ) लाई बुझाएका छ्न ।

असोज २८ गते सामाजिक सन्जालबाट आफ्नो कप्तानीको राजीनामा दिएको घोषणा गरेका पारसले करिव दोस्रो हप्ता पछि बल्ल क्यानलाई आफ्नो राजिनामा ईमेलमार्फत बुझाएका हुन ।

क्यानका अनुसार राजिनामा पत्रले पारसले आफु पुनः कप्तानीमा नफर्कने आशयका साथ पत्रका उल्लेख गरेका छ्न । जसको उनले सन्चारकर्मीसँग कुरा गर्ने क्रममा सो कुरालाई दोराउँदै आएका छ्न ।

सोच बिचारका साथ यो निर्णय आफुले गरेको भन्दै आफ्नो निर्णयलाई परिवर्तन नगर्ने उनको कथन रहेको छ ।

अब औपचारिक रुपमा पत्र पाईसकेपछी पारसको बारेमा क्यानले निर्णय गर्नेछ र क्यानले नयाँ कप्तानलाई नियुक्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्