onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रुपन्देही -११ लाई पराजित गर्दै कर्णाली प्रिमियर लिग को उपाधी त्रिभुवन आर्मी लाई

जेठ १२ , अनलाईन खेलखबर || सुर्खेत मा सप्पन्न कर्णाली प्रिमियर लिग ( केपिएल ) को आज भएको फाइनल खेल मा रुपन्देही -११ लाई ३७ रन ले पराजित गर्दै विभागिय टोलि त्रिभुवन आर्मी ले उपाधी उचालेको छ ।

च्याम्पियन टोलि : त्रिभुवन आर्मी , तस्वीर सौजन्य : विकेट नेपाल

सुर्खेत रंगशाला मा भएको फाईनल खेल मा टस हारेर च्याम्पियन टोलि त्रिभुवन आर्मिले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओवर पुरै खेल्दै १ सय ३२ रन बनाएको थियो । जस मा आर्मी का लागि सागर पुनले सर्बाधिक ३८ रन बनाएका थिए भने बिनोद भन्डारी र राजेश पुलामी मगर ले क्रमश २८र २२ रनको योगदान टिम लाई दिएका थिए ।

यता बलिग तर्फ भने रुपन्देही -११ का बिकास श्रेष्ठ ले सर्बाधिक ३ विकेट हात पारे भने बिक्रम भुषाल , वसिर अहमद र सन्दिप सुनार ले समान १/१ विकेट हात पार्न सफल भए ।

१ सय ३३ रनको बिजयी लक्ष्य पछ्याउने क्रममा रुपन्देही -११ ले १७.५ ओ वर मा अलआउट हुदै मात्र ९५ रन बनाएको थियो । जस मा सर्बाधिल २६ रन निस्चल चौधरी ले बनाएका थिए , त्यस्तै सन्दिप सुनार ले २४ रन बनाउदा शक्ति गौचन ले १७ रन जोडेका थिए यस्तै सौरभ खनाल ले १६ रनको पारी खेलेका थिए ।

आर्मी लाई च्याम्पियन गराउन रुपन्देही को ब्याटिङ ध्वस्त गराउने क्रम मा आर्मिका बिक्रम सोब ले सर्बाधिक ३ विकेट लिए , भने कृष्ण झा र सुसन भारी ले १/१ विकेट लिएका थिए ।

बिजेता त्रिभुवन आर्मी ले ३ लाख नगद प्राप्त गरेको छ भने उप बिजेता रुपन्देही -११ ले १ लाख ५० हजार मा चित्त बुझाउन बाध्य भयो ।भने प्रतियोगिता को उत्कृष्ट खेलाडी रुपन्देही -११ का सन्दिप सुनार भए उनले २५ हजार नगद प्राप्त गरे । यस्तै प्रतियोगिता को उत्कृष्ट ब्याट्सम्यान आर्मि का सागर पुन र उत्कृष्ट बलर रुपन्देही -११ का कृष्ण कार्की घोषित भए उनिहरु ले जनही १० /१० हजार नगद प्राप्त गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस्