onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गुप्तेश्वरले उचाल्यो दोस्रो कोन्ज्योसोम कपको उपाधि

ललितपुर ( अनलाइन खेलखबर ) | ललितपुर जिल्लाको पहाडी भेग कोन्ज्योसोम काम्लेचौरमा भएको दोस्रो संस्करणको कोन्ज्योसोम अध्यक्ष कपको उपाधि गुप्तेश्वर एकता युवा क्लबले उचालेको छ ।

सोमबार भएको प्रतियोगिताको फाइनल खेलमा साबिकको नल्लुको टिम न्यु समाज सेवा क्लबलाई रोमाञ्चक बनेको फाइनल खेलमा २-१ को गोल अन्तरले पराजित गर्दै गुप्तेश्वर प्रतियोगिताको च्याम्पियन बनेको हो ।

स्थानीय काम्लेचौरको खेल मैदानमा भएको फाइनल खेलमा गुप्तेश्वरले खेलको पहिलो हाफको ३५ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएको थियो ।

टिमलाई सुरुवाती अग्रता दिलाउँने क्रममा निशान माझीले गोल गरेका थिए । पहिलो हाफमा १-० ले अग्रता कायम राखेको
गुप्तेश्वरले दोस्रो हाफको ६८ औं मिनेटमा अर्को गोल थपेको थियो ।

निशान माझीले आफ्नो ब्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २-० ले अगाडी बढाएका थिए । तर खेलको ७७ औं मिनेटमा न्यु समाजले एक गोल फर्काउँदै खेलमा फर्किन खोजे पनि सफल हुन भने सकेन । न्यु समाजका लागि सान्त्वना गोल रमेश तामाङले गरेका थिए ।

योसँगै विजेता गुप्तेश्वर एकता युवा क्लबले नगद १ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उप विजेता बनेको न्यु समाज सेवा क्लबले नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

यता सेमिफाइनल पुगेका दुई टिम व्राईट भिजन युवा कल्ब र कुनकालिजन उत्थान युवा क्लबले पनि सान्त्वना पुरस्कार स्वरुप २५/२५ हजार नगद प्राप्त गरे ।

भने प्रतियोगिताको उत्कृष्ट खेलाडी गुप्तेश्वर एकता युवा क्लबका सुनिल लामा घोषित हुँदा उत्कृष्ट गोलकिपर विवेक तथा फरवार्डमा गुप्तेश्वरकै निशान माझी घोषित भए भने उत्कृष्ट डिफेन्डरको न्यु समाजका रमेशले प्राप्त गर्न सफल भए ।

कार्तिक ७ गतेबाट सुरु भएको प्रतियोगितामा कुल १८ टिमको सहभागिता रहेको थियो ।

फाइनल खेलका अन्य तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्