onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बाह्रखरी गल्फको उपाधि टाशी छिरिङलाई

काठमाडौं ( अनलाइन खेलखबर ) | बाह्रखरी मिडिया प्रालिको आयोजनामा भएको बाह्रखरी एभरेष्ट गल्फको तेस्रो संस्करणको विजेता टाशी छिरिङ भएका छन् ।

यो सँगै छिरिङले उपाधिसँगै गोल्डेन बल प्राप्त गर्न सफल भएका छ्न ।

शनिबार गोकर्ण गल्फमा सम्पन्न भएको प्रतियोगितामा ३९ पोईन्ट स्कोर गरेर प्रतियोगिताको उपाधि उनले उचाल्न सफल भएका हुन ।

यस्तै गल्फको बेष्ट ग्रोसको उपाधि सुरेन्द्र फुयाँलले जित्न सफल भए । ३४ ग्रस पोइन्ट ल्याएका उनले बेस्ट ग्रोसको उपाधि हात पारे । भने ३९ स्कोर गरेका सुरेन्द्र प्रतियोगिताको दोस्रो हुन पुगे ।

यता  महिलातर्फ कश्मिरा शाहले ३६ स्कोर गर्दै उत्कृष्ट भईन भने प्रतियोगिताको जुनियरतर्फ १७ वर्ष मुनिका खेलाडीहरुमध्यमा श्रीयोग बस्नेतले उपाधि उचाल्दा लङ्गेष्ट ड्राइब विजय श्रेष्ठले जित्न सफल भए साथै क्लोजेष्ट टू दि पिन स्टेफेनी मेन्डी वीले जित्न सफल भईन ।

विजेतालाई विजयी ट्रफी कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्