onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिप पछि पारस टि – १० लिगमा ठूलो रकमका साथ अनुबन्धित

काठमाडौं (अनलाइन खेलखबर ) | आगामी १५ देखी २४ नोभेम्बरमा युएईमा हुँने टि – १० लिगमा नेपालका अनुभवी खेलाडी पारस खड्का पनि खेल्ने कुरा पक्का पक्की भएको छ ।

पारसलाई टिम अबुधाविले अनुबन्धित गरेको छ । केही दिन अगाडी ड्राफ्ट भएता पनि पारसलाई भने टिमले सिदै अनुबन्धन गरेको हो ।

योसँगै पारसले १० हजार अमेरिकन डलर प्राप्त गर्नेछ्न । यसअघि ड्राफ्टमार्फत नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने ठूलो रकममा अनुबन्धित भईसकेका छ्न ।

डाफ्ट्रमार्फत छ्नोट भएका सन्दिप कर्नाटक टस्कर्सले क्याटगरी ‘ए’ मा राख्दै सन्दिपलाई ठूलो रकमका साथ अनुवन्धित गरेको थियो ।

अघिल्लो संस्करणमा केरला नाइट्ससगँ ३० हजार डलरमा अनुबन्धित भएका सन्दिप यसपटक तेस्रो संस्करणमा ४५ हजार अमेरिकन डलरमा अनुबन्धित भएका छ्न ।

पहिलो र दोस्रो संस्करण भब्यताका साथ सम्पन्न गरेको आयोजकले तेस्रो संस्करण सम्म आईपुग्दा धेरै नै उत्साहित भएको छ । टि -ट्वान्टीले लोकप्रियता पाउँदै गर्दा टि -१० लिगले पछिल्लो समय धेरै नै सफल नयाँ स्वाद क्रीकेट समर्थक लाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्