चितवनले उचाल्यो वुमेन्स च्याम्पीयन्स लिगको उपाधि

चितवनले उचाल्यो वुमेन्स च्याम्पीयन्स लिगको उपाधि

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालको पहिलो महिला क्रिकेट लिग वुमेन्स च्याम्पीयन्स लिग ( डब्लुसिएल ) को उपाधि चितवन राईनोजले उचालेको छ ।

आज (बिहिबार) भएको प्रतियोगिताको फाइनल खेलमा चितवनले क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै प्रतियोगिताको पहिलो च्याम्पियन चितवन बनेको छ ।

खेलमा काठमाडौंले दिएको १ सय १३ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको काठमाडौं २० ओभरमा अलआउट हुदै ६७ रनमा सिमित हुन् पुगेपछि खेल चितवनले आफ्नो पक्षमा पार्दै प्रतियोगिताको पहिलो उपाधि आफ्नो नाममा लेखाउन सफल भयो ।

काठमाडौंका लागि अप्सरी बेगमले सर्बाधिक १५ तथा ममता थापाले १३ रन बनाउनु बाहेक अन्य खेलाडीबाट उलेख्य योगदान गर्न नसक्दा टिम पराजित हुन् पुग्यो ।

बलिङतर्फ चितवनकी सुमन खतिवडा र रितु कनौजियाले समान ३ /३ तथा रेखा रावलले २ विकेट हात पारे ।

त्यसअघि किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवन राईनोजले निर्धारित २० ओभर पुरै खेल्दै ४ विकेटको क्षतिमा १ सय १३ रन बनाउँन सफल भएको थियो ।

चितवनलाई मध्यम स्कोरतर्फ पुर्याउनका लागि ओपनर ब्याटर काजल श्रेष्ठ र कन्चन श्रेष्ठले ठोस सुरुवात दिलाएका थिए । यस्तै सुमन खतिवडाले २९ तथा कप्तान ईन्दु वर्माले अविजित रहदै २२ रनको योगदान गरिन ।

पहिलो विकेटका रुपमा पभेलियन फर्किएकी काजल टिमको स्कोर ४९ रन हुँदा व्यक्तिगत २१ रनमा आउट हुन् पुगिन । सरस्वती कुमारी चौधरीको बलमा क्याच आउट हुन् पुगेकी उनले २८ बलमा २ चौकाको मद्दतमा उक्त पारी खेलेकी हुन् । यस्तै कन्चनले २६ बलमा ३ चौकाको मद्दतमा १९ रनको योगदान गरिन ।

बलिङतर्फ काठमाडौंकी संगीता राई ,लक्ष्मी साउद र सरस्वती कुमारी चौधरीले समान १/१ विकेट हात पारिन ।

विजेतासँगै चितवनले ७ लाख प्राप्त गर्दा काठमाडौंले ३ लाखमा चित्त बुझायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *