डब्लुसिएलको सुन्दर ट्रफी चन्द्रागिरीमा सार्वजनिक ( फोटोफिचर )

डब्लुसिएलको सुन्दर ट्रफी चन्द्रागिरीमा सार्वजनिक ( फोटोफिचर )

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाली क्रिकेट ईतिहासकै पहिलो फेन्चाईज क्रिकेट लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल ) को सुन्दर ट्रफी आज चन्द्रागिरीमा पुर्याएको छ ।

प्रतियोगिताको फाइनलको पुर्वसन्धामा आयोजक क्विन्स ईभेन्टस प्रालीले आज काठमाडौं उपत्यका भित्रको लोकप्रिय तथा प्रमुख पर्यटकस्थल चन्द्रागिरीमा ट्रफीलाई लगिएको थियो ।

ट्रफीका साथमा प्रतियोगितामा फाइनल प्रबेश गरेका क्याट क्विन्स काठमाडौंका कप्तान रुविना क्षेत्री र चितवन राईनोजकि कप्तान ईन्दु वर्माले ट्रफीलाई चन्दागिरीमा सार्वजनिक गरेका थिए ।

निकै भब्य र सभ्य तरिकाले चलिरहेको प्रतियोगीताको फाइनल बिहिबार हुँदैच । फाइनल खेल बिहान साढे ११ बजेपछी किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

यता प्रतियोगिताको विजेताले नगद ७ लाख प्राप्त गर्नेछ भने उप विजेताले ३ लाख प्राप्त गर्नेछ ।

भने ब्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान स्कुटर सहित नगद ५० हजार प्राप्त गर्नेछिन ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर र बलरले समान २५/२५ हजार प्राप्त गर्नेछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *