onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पिपिएलको मिति सर्यो ! मंसिर अन्तिम सातादेखि प्रतियोगिता सुरु हुने

काठमाडौं ( अनलाइन खेलखबर ) । पर्यटकीय शहर पोखरामा आयोजना हुने नेपालको चर्चित क्रिकेट प्रतियोगिताको मिति सरेको छ ।

पुर्व निर्धारित समय कार्तिक २६ गतेदेखी मंसिर ७ गतेसम्म हुने भनिएको भएतापनि अब भने मंसिर २८ देखि पुस १२ सम्म हुने आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।

आयोजकका अनुसार नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद( साग) ईङल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को नेपाल भ्रमण र यू-१९ टिमको भारत भ्रमणले गर्दा प्रतियोगिताको मिति सारिएको आयोजकले बताएको छ ।

बिज्ञापन

यसबीचमा साग मंसिर १५ देखि २४ गतेसम्म हुने भनिएको छ भने  एमसीसी र नेपालबीचको कात्तिक १६ देखि कात्तिक २६ सम्म हुने भनिएको छ ।

प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्ने छन जसमा विराटनगर टाईटन्स,चितवन राईनाेज,पाेखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन ।

प्रतिक्रिया दिनुहोस्