onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रिचा स्मृति क्रिकेट प्रतियोगितामा एक्स्पर्ट नार्रेले , रोयल राइनोज र सगरमाथा ” ए´´ विजयी

काठमाडौं (अनलाइन खेलखबर ) | अष्ट्रेलियामा जारी रिचा स्मृति क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा एक्स्पर्ट क्रिकेट क्लब, नार्रेले रोयल राइनोज क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब ” ए´´ विजयी भएका छन् ।

पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एक्स्पर्टले निर्धारित २० ओभर पुरै ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो ।

एक्स्पर्टका लागि शिवले अबिजित रह्दै सर्बाधिक ८६ रनको योगदान दिदा दिपेशले ५० रन बनाए ।

बलिङतर्फ सगरमाथाका रशिमले १ विकेट लिएका थिए ।

त्यसपछि एक्स्पर्टले दिएको १ सय ५९ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको सगरमाथाले निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ३७ रनमा सिमित हुन पुगेपछी खेल एक्स्पर्टले आफ्नो पक्षमा पारेको थियो ।

सगरमाथाका लागि आषिशले २६ र रशिम कंडेलले २१ रन बनाएका थिए ।

बलिङतर्फ एक्स्पर्टका शिव र नाजुपले समान २ /२ विकेट हात पारे ।

अर्को खेलमा नार्रेले गोर्खाली क्रिकेट क्लवलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गर्न सफल भयो । भने अर्को खेलमा रोयल राइनोज क्रिकेट क्लब(आरआरसीसी) ले द हिमालयन क्रिकेट क्लबलाई ४८ रनले पराजित गर्न सफल हुँदा सगरमाथा क्रिकेट क्लब” ए ´´ले रोयल राइनोज क्रिकेट क्लब “बी ´´लाई ७ विकेटले पराजित गरेको थियो ।

समूह चरणका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल १७ नोभेम्बरमा हुनेछ ।

नेपाल क्रिकेट संघ ( क्यान )का पुर्व उपाध्यक्ष नरेश श्रेष्ठ तथा पुर्व राष्ट्रिय क्रिकेट खेलाडी युनिस श्रेष्ठ र राष्ट्रिय खेलाडी नेपाल पुलिसका कप्तान मन्जित श्रेष्ठको बहिनी तथा भिक्टोरियन नेप्लिस क्रिकेट संघका अध्यक्ष बिबेक श्रेष्ठका पत्नी रिचा श्रेष्ठको स्मृतिमा यो प्रतियोगिता जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्