onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विराटनगरसामू चितवनको मध्यम लक्ष्य प्रस्तुत

काठमाडौं ( अनलाइन खेलखबर ) | काठमाडौंमा जारी वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल )को पाँचौ दिनको दोस्रो खेलमा विराटनगरले अहिले चितवन राइनोज भिडिरहेका छन ।

किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय २२ रन बनाएको छ ।

खेलमा चितवनले सुरुवात राम्रो गर्ने क्रममा ६९ रनको ओपनिङ साझेदारी पाएको थियो | टिमलाई काजल श्रेष्ठ र कन्चन श्रेष्ठले राम्रो सुरुवात दिलाउने क्रममा पहिलो विकेटको रुपमा पभेलियन फर्किएकी कन्चनले ३४ रनको योगदान गरिन ।

४१ बलको सामना गरेकी उनले ६ चौकाको मद्दतमा उक्त स्कोर बनाउँन सफल भएकी हुन् । भने काजलले ३६ रनको योगदान गरिन यस्तै कप्तान ईन्दु वर्माले १६ तथा सुमन खतिवडाले १० र रितु कौनौजियाले ५ रनको योगदान गरिन ।

बलिङतर्फ विराटनगरकी सबनम राईले २ तथा सर्मिला मगर , सोनु खडका र आरती बिडारीले समान १/१ विकेट हात पारिन ।

अब चितवनले प्रस्तुत गरेको १ सय २३ रनको विजयी चुनौतीलाई पछ्याउदै विराटनगरले अबको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ ।

जारी प्रतियोगितामा लगातार तिन खेल जित्दै अंकतालिकाको पहिलो स्थानमा रहेको चितवनले यो खेल जितेको खण्डमा सिदै फ़ाइनल प्रवेश गर्नेछ । भने पराजित भएमा काठमाडौं सिदै फ़ाइनल पुग्ने सम्भावना बढेर आउने छ ।

र विराटनगर र चितवन फेरी फाइनल प्रवेशका लागि क्वालिफायरमा भिड्ने छन ।

प्रतिक्रिया दिनुहोस्