onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मेरीलेबोन क्रिकेट क्लब नेपाल भ्रमणमा आउँदै

काठमाडौं (अनलाइन खेलखबर ) | लण्डनको चर्चित क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब(एमसिसी ) नेपाल भ्रमणमा आउँने भएको छ ।

फाईल फोटो ।

कार्तिक १६ देखि २६ सम्म सम्म नेपालमा आयोजना हुँने क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिमसँग खेल्न एमसिसी नेपाल आउन लागेको हो ।
बिज्ञापन

जसमा एमसिसी र नेपालबीच थ्री डे खेल , एक एकदिवसिय र तीन टि – ट्वान्टी खेक्ने तय भएको जानकारी प्राप्त भएको छ ।

यता क्रिकेटको मक्का भनेर चिनिने लर्ड्स क्रिकेट मैदान मुख्य मैदान रहेको एमसिसीसँग नेपालले सन २०१६ मा पहिलो पटक लर्ड्समै भएको खेलमा ४१ रनले पराजित हुन पुगेको थियो ।

त्यस्तै नेपालले अघिल्लो बर्ष लड्समै आयोजना भएको नेदरल्याण्ड , एमसिसी र नेपालबीचको त्रिकोणात्मक सिरिजमा नेपालले एमसीसीलाई ९ विकेटले पराजित गरेको थियो भने नेदरल्याण्डसँगको खेल भने वर्षाको कारण रद्द हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्