onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लगातार तेस्रो जितसँगै चितवन फाइनल नजिक

काठमाडौं ( अनलाइन खेलखवर ) | चितवन राईनोज काठमाडौंमा जारी नेपालको पहिलो महिला क्रिकेट लिग डब्लुसिएलमा लगातार तेस्रो जित हासिल गर्दै प्रतियोगिताको फाइनल नजिक पुगेको छ ।

आज शनिबार भएको खेलमा पोखराले प्रस्तुत गरेको १ सय २८ रनको विजयी चुनौतीलाई चितवनले १८ औं ओभरमा मात्र ३ विकेट गुमाएर उक्त चुनौतीलाई भेटाएपछी खेल चितवनले ७ विकेटले आफ्नो पक्षमा पार्न सफल भयो ।

चितवनलाई महत्वपूर्ण खेलमा जित दिलाउँने क्रममा काजल श्रेष्ठ र कन्चन श्रेष्ठले शानदार ब्याटिङ गर्दै टिमका लागि ओपनीङ ७१ रनको साझेदारी गर्दै टिमलाई जित नजिक लगेकी थिईन ।

१०.४ ओभरमा टिमले ओपनर ब्याटर कन्चन श्रेष्ठलाई ब्यक्तिगत २९ रनमा गुमाएको थियो । त्यसपछि काजलले ईनिङको सर्बाधिक रन बनाउँदै ५१ रन जोडिन भने कप्तान ईन्दु वर्माले २४ रनको योगदान गरेपछी टिमले सहज जित हासिल गर्न सफल भएको छ ।

बलिङतर्फ पोखराकी अन्जली चन्दले २ तथा सुष्मा श्रेष्ठले १ विकेट हात पारिन ।

त्यसअघि किर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो ।

पोखरालाई सम्मानजनक स्कोरतर्फ पुर्याउन कप्तान सिताले अर्धशतकीय ६५ रनको पारी खेलिन । ५६ बलको सामना गरेकी उनले ७ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाएकी हुँन ।यस्तै टिमका लागि कबिता कुबंरले १५ तथा मन्जु बोगटीले अविजित रहदै २४ रनको योगदान गरेकी थिईन् ।

बलिङतर्फ चितवनकीकबिता गौतमले २ तथा रेखा रावलले १ विकेट हात पारिन ।

यसअघि जारी प्रतियोगितामा चितवनले लगातार दुई खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले पराजित गरेको चितवनले दोस्रो खेलमा ललितपुरलाई ८९ रनले पराजित गरेको थियो ।

यता पोखराको भने ठिक विपरित भईरहेको छ । पोखरा जितविहिन रहेको छ । यसअघि पोखरा पहिलो खेलमा काठमाडौंसँग ८२ रन तथा दोस्रो खेलमा विराटनगरसँग ६ विकेटले पराजित हुँन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्