onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पोखरामाथि काठमाडौंको शानदार जित

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालको पहिलो महिला क्रिकेट लिग ( डब्लुसिएल ) को दोस्रो दिनको पहिले खेलमा अहिले क्वाट क्विन्स काठमाडौं ले पोखरा पल्टन्सलाई ८२ रनले पराजित गरेको छ ।

बिहिबार भएको खेलमा काठमाडौंले दिएको १ सय ५३ रनको विजयी चुनौती पछ्याउंदै जवाफी ब्याटिङ गरेको पोखरा १६.५ ओभरमा अलआउट हुँदै मात्र ७० रनमा सिमित भएपछी खेल काठमाडौंले आफ्नो पक्षमा सहज तरिकाले पार्न सफल भयो ।

बिशाल विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको पोखराले सुरुवात भने राम्रो गरेको भएपनि पहिलो विकेटको पतनपछी भने पोखराले क्रमश : विकेट गुमाउँदै गएको थियो ।

५.३ ओभरमा टिमको स्कोर ३१ रन हुँदा कप्तान सिता राना मगरलाई व्यक्तिगत १७ रनमा गुमाएको थियो । त्यसपछी पोखराले आफ्नो विकेट गुमाउदै गएपछी खेल काठमाडौंले आफ्नो पक्षमा पार्न सफल भयो ।

यसबीचमा रुबी पौदारले ९ तथा बिन्दु रावलले १० रन बनाउँदा अन्य खेलाडीबाट उलेख्य योगदान गर्न नसक्दा टिम पहिलो खेलमै ठुलो अन्तरले पराजित हुँन पुगेको छ ।

बलिङतर्फ काठमाडौंकी सरस्वती कुमारीले र अप्सरी बेगमले समान २/२ विकेट हात पारे भने लक्ष्मी साउदले १ विकेट लिएकी थिईन |

त्यसअघि किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा १ सय ५२ रन बनाउँन सफल भएको थियो ।

काठमाडौंका लागि कप्तान रुबिना क्षेत्रीले सर्बाधिक अर्धशतकीय पारी खेल्दा टिम ठुलो योगफल बनाउँन सफल भयो | अविजित रहेकी रुबिनाले ८३ रनको योगदान गरेकी थिईन।

६७ बलको सामना गरेकी उनले १४ चौका र २ छक्काको मद्दतमा उक्त उत्कृष्ट पारी खेल्न सफल भएकी हुन् ।

यस्तै रोमा थापाले १९ तथा सोभा आलेले १२ रनको योगदान गरेपछि टिमले ठुलो योगफल खडा गरेको हो ।

बलिङतर्फ पोखराकी अनुराधा चौधरीले सर्बाधिक ४ विकेट हात पारिन भने कबिता कुबरले १ विकेट लिन सफल भईन ।

प्रतियोगितामा यो काठमाडौंको पहिलो जित हो । यसअघि काठमाडौं पहिलो खेलमा चितवन राईनोजसँग ५ विकेटले पराजित भएको थियो ।

अब प्रतियोगितामा आजको दोस्रो खेलमा अबको केहि समयपछी ललितपुर् र बिराटनगर भिड्ने छन ।

प्रतिक्रिया दिनुहोस्