onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रुबिनाको शानदार ब्याटिङमा काठमाडौंद्रारा पोखरालाई बिशाल लक्ष्य प्रस्तुत

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालको पहिलो महिला क्रिकेट लिग ( डब्लुसिएल ) को दोस्रो दिनको पहिले खेलमा अहिले क्वाट क्विन्स काठमाडौंले पोखरा पल्टन्सको सामना गरिरहेको छ ।

किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा १ सय ५२ रन बनाउँन सफल भएको छ ।

काठमाडौंका लागि कप्तान रुबिना क्षेत्रीले सर्बाधिक अर्धशतकीय पारी खेल्दा टिम ठुलो योगफल बनाउँन सफल भयो | अविजित रहेकी रुबिनाले ८३ रनको योगदान गरिन ।

६७ बलको सामना गरेकी उनले १४ चौका र २ छक्काको मद्दतमा उक्त उत्कृष्ट पारी खेल्न सफल भएकी हुन् ।

यस्तै रोमा थापाले १९ तथा सोभा आलेले १२ र ईश्वरी बिष्टले अविजित रहदै १० रनको योगदान गरेपछि टिमले ठुलो योगफल खडा गरेको हो ।

बलिङतर्फ पोखराकी अनुराधा चौधरीले सर्बाधिक ४ विकेट हात पारिन भने कबिता कुबरले १ विकेट लिन सफल भईन |

अब काठमाडौंले प्रस्तुत गरेको १ सय ५३ रनको विजयी चुनौतीलाई पछ्याउदै पोखराले अबको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्