onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

डब्लुसिएल : लिगमा आज दुई खेल हुँदै

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालको पहिलो महिला फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल)को दोस्रो दिनमा आज दुई खेल हुँदैछ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा आज पहिलो खेलमा क्वाट क्विन्स काठमाडौं र पोखरा पल्टन्स भिड्ने छन भने दिनको दोस्रो खेलमा ललितपुर फाल्कोन्सले विराटनगर टाईटन्सको सामना गर्नेछ ।

पहिलो खेल बिहान साढे ९ बजेपछि सुरु हुनेछ भने दोस्रो खेल साढे १ बजेपछि सुरु हुनेछ् ।

बिज्ञापन

प्रतियोगिताको पहिलो खेलमा चितवन राईनोजसँग ५ विकेटले पराजित भएको काठमाडौंलाई लिगमा रहिरहँन आज जित्नै पर्नेछ । भने बाकी टिमहरु पनि जितको खोजीबाट लिगको सुरुवात गर्न चाहन्छ्न।

कार्तिक ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ७ लाख प्राप्त गर्नेछ भने उप विजेताले ३ लाख प्राप्त गर्नेछ ।

यता ब्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान स्कुटर सहित नगद ५० हजार प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर र बलरले समान २५/२५ हजार प्राप्त गर्दा प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५ हजार प्राप्त गर्नेछ्न ।

कुल ५ टिमको सहभागिता रहेको यस प्रतियोगितामा प्रत्येक टिमले एक अर्कासँग १/१ खेल गरि कुल ४ खेल खेक्नेछ्न ।

यहाँबाट अंकतालीकाको शिर्षस्थानमा रहने टिम सिधै फाइनल प्रबेश गर्नेछ । भने दोस्रो र तेस्रो स्थानमा रहने टिमले एलिमिनेटर खेल्नेछ । एलिमिनेटरको विजेताले फाइनल खेलमा अंकतालीकाको शिर्षस्थानको टिमसगँ खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्