onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पहिलो संस्करणको` द हन्ड्रेड´ मा सन्दिप ठूलो रकमका साथ छ्नोट

काठमाडौं ( अनलाइन खेलखबर ) || नेपालका स्टार क्रीकेटर सन्दिप लामिछाने फेरि अर्को अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अनुबन्धित हुँन सफल भएका छ्न ।

फाईल फोटो ।

विश्वका सबै ठुला अन्तर्राष्ट्रिय लिगमा सहभागी जनाउँदै उत्कृष्ट प्रंदशन गर्दै आएका सन्दिप ईङल्याण्ड र वेल्समा हुने द हन्ड्रेड अर्थात एक सय बलको क्रिकेट प्रतियोगितामा लागि छ्नोट भएका हुँन ।

आज बुधबार भएको ड्राफ्टमा एक लाख पाउण्डमा बर्मिङ्घम फिनिक्सले उनलाई अनुबन्ध गरेको छ ।

बुधबारनै सन्दिप युएईमा हुने टि – १० मा लिगमा डाफ्ट्रमार्फत कर्नाटक टस्कर्सले क्याटगरी ‘ए’ मा राख्दै सन्दिपलाई ४५ हजार अमेरिकन डलरका साथ अनुवन्धित गरेको थियो ।

ईङल्याण्ड र वेल्स क्रीकेट बोर्डले आयोजनामा यो प्रतियोगिता अर्को बर्षको जुलाईमा गर्ने भनिएको छ । जुन प्रतियोगिताको पहिलो संस्करण हो । प्रतियोगितामा कुल ८ टिमले सहभागिता जनाउने छ्न । जसमा राउण्ड रोबिन र प्ले अफ गरि प्रतियोगिता सन्चालनमा आउँने छ ।

प्रतिक्रिया दिनुहोस्