onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

टि – १० मा सन्दिप ठूलो रकमसहित अनुबन्धित

काठमाडौं(अनलाइन खेलखबर ) | आगामी १५ देखी २४ नोभेम्बरमा युएईम हुँने टि – १० लिगमा नेपालका युवा क्रिकेटर सन्दिप लामिछाने दोस्रोपटक ठूलो रकममा अनुबन्धित भएका छ्न ।

आज बुधबार जारी डाफ्ट्रमा कर्नाटक टस्कर्सले क्याटगरी ‘ए’ मा राख्दै सन्दिपलाई ठूलो रकमका साथ अनुवन्धित गरेको छ ।

बिज्ञापन

अघिल्लो संस्करणमा केरला नाइट्ससगँ ३० हजार डलरमा अनुबन्धित भएका सन्दिप यसपटक तेस्रो संस्करणमा ४५ हजार अमेरिकन डलरमा अनुबन्धित भएका छ्न ।

पहिलो र दोस्रो संस्करण भब्यताका साथ सम्पन्न गरेको आयोजकले तेस्रो संस्करण सम्म आईपुग्दा धेरै नै उत्साहित भएको छ । टि -ट्वान्टीले लोकप्रियता पाउँदै गर्दा टि -१० लिग पछिल्लो समय धेरै नै सफल नयाँ स्वाद क्रीकेट समर्थक लाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्