onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रीकेट खेलेरै लखपति बनेका सन्दिप , अब भने कार चढने : कार उपहार स्वरुप प्राप्त

जेठ ९ , अनलाईन खेलखबर || ईन्डियन प्रिमियर लिग ( आईपिएल ) मा पहिलो पटक खेल्ने नेपाली क्रीकेटर बनेका सन्दिप लामिछाने आईपिएल खेली मङ्गलबार स्वदेश फर्किएका छ्न ।

तस्बिर सौजन्य : अनलाईन खबर

११ औं संस्करण को आईपिएल मा नेपाल का स्टार युवा खेलाडी सन्दिप लाई दिल्ली डेयरडेभिल्स ले २० लाख भारतिय रुपिए मा अनुबन्धित गरेको थियो । यसरि हालसम्मै ठूलो उपलब्धि हासिल गरेका सन्दिप ले आफुले आईपिएल मा प्रमाणित समेत गरेनन , आफ्नो र सिग्गो मुलुक को नाम बिश्व क्रीकेट जगत मा समेत चिनाउन सफल भए ।उनले आफूले खेलेका ३ खेल मा उत्कृष्ट प्रदंशन गर्दै सबैको मन जितेका थिए ।

आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलबाट ५ विकेट लिन सफल भएका थिए । रोयल च्यालेन्जर्स बैङ्लोर विरुद्धको पहिलो खेलमा उनले उत्कृष्ट बलिग गर्दा उनलाई दिल्ली ले बाकी का खेल मा निरंतरता दिएको छ । बैङ्लोर विरुद्ध डेब्यु खेल मै ४ ओभरमा मात्र २५ रन खर्चेर सन्दीपले १ विकेट लिएका थिए ।

यस्तै आफ्नो दोस्रो खेल मा चेन्नई सुपर किङ्सविरुद्धको खेलमा ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले महत्वपुर्ण ३ विकेट लिन सफल भएका थिए । एका उनले ४ ओभरमा ३६ रन खर्चेका थिए । सन्दिप लाई दिल्ली ले सुरुवात का खेल हरु मा भने बेन्च मै राखेको थियो जब दिल्ली प्ले अफ को दौड बाट बाहिरियो यसपछि सन्दिप लाई टिमले बिश्वास गरेको थियो । र सन्दिप ले बिश्वास लाई सार्थक दिन सफल भएका छ्न ।।

यसै सन्दभ मा अहिले उनी स्वदेश फर्किएका छ्न । यसबिच मा अहिले उनलाई सम्मान गर्ने हरुको ओईयो लागेको छ । जस मा ठूलो सम्मान को रुपमा उनलाई टाटा को आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्राली टाटा मोटर्स ले कार प्रदान गर्ने भएको छ ।

साथै ३ वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिन लागेको हो । कारको सबै मूल्य कम्पनी ले नै दिनेछ । उनी टाटा मोटर्सको टिगोर कार चढ्नेछन् ।

यस्तै केडिया अर्गनाइजेसन को यति कार्पेट ले नगद १ लाख सहित आजै नै सम्मान सन्दिप लाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस्