onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

बिश्वकप छ्नोटमा नेपाल जोर्डनसँग पराजित

काठमाडौं ( अनलाइन खेलखबर ) | सन २०२२ मा एसियायी मुलुक कतारमा हुने फिफा विश्वकप तथा सन २०२३ मा चीनमा हुने एसियन कपको छ्नोट खेल अन्तर्गत नेपाल आफ्नो चौथो खेलमा जोर्डनसँग ३-० को गोलअन्तरले पराजित हुन पुगेको छ ।

अम्मान अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल र जोर्ड्नले पहिलो हाफको समाप्तीमा गोलरहित बराबरीमा खेलेको भएतापनि जोर्डनले ५६ औं मिनेट पेनाल्टीमार्फत गोल गर्दै अग्रता अहिले बनाएको थियो ।

नेपालका डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो जसलाई जोर्डनका फेरासले सदुपयोग गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

बिज्ञापन

पहिलो गोल गरेपछि भने खेलमा जोर्ड्न पूर्ण हाबी हुँदै थप दुई गर्न सफल भयो । जोर्ड्नका अहमद अरसानले ७८ र ८८ औं मिनेटमा फैईजलले गोल गर्दै टिमलाई सहज जित दिलाएका थिए ।

छ्नोट अन्तर्गत अब नेपालले घरेलु मैदानमा कुबेत ,अष्ट्रेलिया , जोर्डन र चाईनिज ताईपेसँग खेल्नेछ ।

जारी छ्नोटमा नेपाल यसअघि कुबेतसँग ७-० ले पराजित भएको छ । भने नेपालले चाईनिज ताईपेलाई २-० ले पराजित गरेको थियो भने अघिल्लो खेलमा अष्ट्रेलियासँग नेपाल ५-० ले पराजित हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *