धन्यवाद पारस !

धन्यवाद पारस !

शलमान शाह ( अनलाइन खेलखबर ) | नेपाली क्रिकेटका सफल कप्तान मध्येका एक पारस खडकाले आफ्नो कप्तानी छोड्ने मंगलबार घोषणा गरेपछि अहिले क्रिकेट जगतमा यसैको बारेमा चर्चाको बिषय बनेको छ ।

जुन स्वाभाविक समेत रहेको छ । पारसले लामो समय देखि कप्तानी गर्दै आएको अबस्थामा एक्कासि यो स्तरको निर्यय सुनाएपछी सबै जना चकित समेत हुन् पुगे तर यसलाई पारसले एक्कासि भन्दा पनि आफ्नो सोच रहेको र जुन अहिले सहि समय रहेको भन्दै आफुले कप्तानी छोड्ने निर्णयमा पुगेको मंगलबार पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा उनले बताएका थिए ।

उमेर समुह देखि राष्ट्रिय टिमसम्म आईपुगेका पारसले सन २००९ मा कप्तानीको जिम्मेवारी निर्बाह गर्दै यसबीचमा लगातार टिमलाई सम्हादै आएका थिए ।

यसबिचमा नेपाली क्रिकेटले ठुलो फड्को मार्यो । पारसले कप्तानीको भूमिकामा आईएपछी टिमले क्रमश सफलता हात् पार्न थाल्यो ।

डिभिजन पाँचमा रहेको नेपालले डिभिजन १ हुदै एकदिवसिय मान्यता प्राप्त गर्यो । जसमा कप्तानीको भूमिका अमुल्य रहेको छ ।

लामो क्रिकेट ईतिहास बोकेको नेपाली क्रिकेटमा सफल कप्तानको रुपमा पारसलाई लिदा कुनै दुईमत् छैन ।

सफलताका हिसाबले अहिले नेपाल जुन स्थानमा रहेको छ । त्यसमा एउटा कप्तानको हिसाबले पारसले ठुलो योगदान पुर्याएका छन ।

लामो समय लगभग एक दशक राष्ट्रिय टिमलाई हाकेका पारसको कप्तानीमा नेपालले पहिलो पटक बंगलादेशमा भएको टि-ट्वान्टी विश्वकप खेल्यो , जहाँ नेपालले सहभागी मात्र जनाएन नेपालले राम्रो प्रदर्शन समेत् गर्यो ।

त्यसपछी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नेपाली क्रिकेटको लोकप्रियता ह्वातै बढ्यो । अहिले नेपालमा लोकप्रिय खेलको रुपमा क्रिकेटलाई लिने गरिन्छ ।

नेपाली क्रिकेट केहि वर्ष अघिसम्म केहिमा मात्र सिमित रहेको थियो । यसबीचमा एक पछी अर्को सफलता हात् पार्दै गएपछि अहिले क्रिकेटको लोकप्रियता उच्चस्थानमा रहेको छ । जुन पारसले कप्तातिमा टिमले गरेको प्रतिफलनै हो ।

यसबीचमा सफलतासंगै पारसको कप्तानीमा क्रममा नेपाल क्रिकेट संघ अन्तराष्ट्रीय क्रिकेट परिषद ( आईसीसी ) बाट लगभग ४ बर्ष जति निलम्बनमा पर्यो जसले गर्दा नेपाली क्रिकेट टिमले अभिभावकबिनानै यी बर्ष कटायो ।

जसले गर्दा विभिन्न कठिनाईहरु पनि सिर्जना हुँदा कप्तान पारस खड्काले त्यसलाई राम्रोसँग हल गर्न सफल भएका धेरै उदारण रहेका छन ।

तर त्यहि क्यानको निलम्बन भएको खुशी मनाउँदै गर्दा पारसले भने समर्थकलाई दुखि बनाएका छन ।

राम्रो गर्दा गर्दै पारसले एक्कासि कप्तानी छोड्ने निर्णयप्रति समर्थकहरु पनि त्यति खुशी देखिदैनन ।

प्रदर्शनका हिसाबले पनि पारसको लय गुमेको छैन , राम्रो गर्दै आएका छन , अहिलेको अबस्थामा पारस प्रतिनै नेपाली क्रिकेट निर्भर देखिन्छ । पारसले एक्कैले खेललाई जिताउने क्षमता राख्छन , त्यो अहिलेपनि जारी रहेको छ ।

यस्तोमा पारसले किन कप्तानी छोड्ने निर्णय गरे होलान यो प्रश्न अहिले सबैको जनचासोको बिषय बनेको छ तर पारसले यसलाई लामो समय कप्तानी गरेपछि अब अरुलाई यो जिम्वेवारी सुम्पिनु जस्तो आफूभित्रै लागेपछि यो कदम चालेको होलान हामिलाई यस्तो लाग्छ ।

अब टिमले नयाँ कप्तान कसलाई बनाउँछ , त्यो क्यानको हातमा रहेको छ । छिट्टैनै नेपालले नयाँ कप्तान पक्कै पाउँने छ , लामो समय पारसलाई कप्तानी गरेको हेरौं अब खेलाडी भएर टिमलाई जिताएको हेर्ने छौँ ।

खेलाडीको जिन्दगीमा यो सामान्य कुरा हो । हिजो उनि कसैलाई रिप्लेस गरेर कप्तान भएका थिए अब उनलाई कुनै अर्कोले गर्नेछन । यो कुरा ठुलो भएन तर कप्तान भएर देशका लागि कति योगदान पुर्याए भन्ने कुरा मुख्य कुरा हुन् आउँछ ।

बिज्ञापन

जसमा पारसले हामिले सोचेको भन्दा ठुलो योगदान गर्दै नेपाली क्रिकेटमा कप्तानीको हिसाबले अमुल्य योगदान गर्दै नेपाली क्रिकेटमा आफुलाई सफल कप्तानका रुपमा उभाएका छन् ।

त्यसैले नेपालि क्रिकेटको त्यो अबस्था र अहिलेको यो अबस्थालाई मूल्यांकन गर्दा पारसको भूमिका निकै प्रसंशायुक्त र तारिफयोग्य रहेको छ ।धन्यवाद पारस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *