onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

विश्वकप छ्नोट : नेपालले आज जोर्ड्नको सामना गर्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | सन २०२२ मा एसियायी मुलुक कतारमा हुने फिफा विश्वकप तथा सन २०२३ मा चीनमा हुने एसियन कपको छ्नोट खेल अन्तर्गत नेपालले आज मगंलबार जोर्डनको सामना गर्दैछ ।

आफ्नो तेस्रो खेल पछि अष्ट्रेलियाबाटै जोर्ड्न पुगेको नेपाली फुटबल टोली अब आफ्नो चौथो खेलमा जोर्डनको सामना गर्दैछ ।

बिज्ञापन

खेल नेपाली समय अनुसार आज राति पौने १० बजेबाट सुरु हुनेछ । नेपालभन्दा निकै ससक्त र बलियो मानिने जोर्ड्नबिरुद्द भने नेपाल अंक खोस्ने लक्ष्यका साथ मैदानमा उत्रिने रणनीति बनाएको छ ।

अघिल्लो खेलमा नेपाल भन्दा निकै बलियो पाँच पटक विश्वकप खेलिसकेको एक पटकको एसिया च्याम्पियन अष्ट्रेलियाबिरुद्द नेपालले सोचे बिपरित खेल्दै मात्र ५ गोल खान पुगेको थियो ।

खेलमा अस्ट्रेलियाले नेपालको पोस्टमा धेरै गोल गर्ने आंकलन गरेको भएतापनि नेपालले सन्तोषजनक प्रदर्शन गर्दै ५-० ले पराजित भएको थियो ।

अष्ट्रेलियाको तुलनामा जोर्डन पक्कै कमजोर भएता पनि नेपालका लागि बलियो टिम हो ।

यता छनोटको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित हुँदा दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले पराजित गर्न सफल भएको थियो ।

योसँगै अहिले नेपाल अंकतालिकामा ३ खेलबाट एकमा जित र दुईमा हारसँगै ३ अंकका साथ अंकतालिकाको चौथो स्थानमा रहेको छ भने अष्ट्रेलिया पहिलो , कुबेत दोस्रो र तेस्रोमा जोर्डन रहेको छ भने पुछारमा चाईनिज ताईपे रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *