onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपिएल मा सहभागि भएर सन्दिप स्वदेश फिर्ता : विमानस्थल मा भब्य स्वागत

काठमाडौं (अनलाईन खेलखबर ) – इन्डियन प्रिमियर लिग (आईपीएल) को यस सस्करण मा निकै राम्रो प्रभाव छोडन सफल नेपाल का स्टार युवा खेलाडी सन्दीप लामिछाने आज मंगलबार स्वदेश फर्किएका छ्न । सन्दिप आबद्ध टिम दिल्ली डेयरडेभिल्स लिगं चरण बाटै बाहिरिएको हुँदा सन्दीप नेपाली समयअनुसार दिउँसो सवा चार बजे जेट एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । उन लाई स्वागत गर्न विमानस्थल मा नेपाली क्रीकेट टोलि का कप्तान पारस खडका लगायत का खेलाडि , क्रीकेट अधिकारी र सुभेक्षक हरु उपस्थिति भएका थिए ।

स्वदेश फिर्ता भए सगै विमानस्थल मा पत्रकार हरु सगँ सम्क्षिप्त कुरा गर्दै ।

आफ्नो टिम दिल्ली का अन्तिम ३ खेल बैङ्लोर , चेन्नई र मुम्बई सगँ खेल्ने अबसर प्राप्त गरेका नेपाल का पहिलो खेलाडी जुन आईपिएल मा खेलेका थिए । उनले ३ खेल बाट उत्कृष्ट बलिग गर्दै आफुलाई र सिग्गो देश को नाम बिश्व क्रीकेट जगत मा चिनाउन सफल मात्र भएनन आफू लाई उत्कृष्ट साबित समेत गरेका छ्न ।

भारतिय २० लाख रुपिए मा दिल्ली मा अनुबन्धित भएका सन्दीप ले आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलबाट ५ विकेट लिन सफल भएका थिए । रोयल च्यालेन्जर्स बैङ्लोर विरुद्धको पहिलो खेलमा उनले उत्कृष्ट बलिग गर्दा उनलाई दिल्ली ले बाकी का खेल मा निरंतरता दिएको छ । बैङ्लोर विरुद्ध डेब्यु खेल मै ४ ओभरमा मात्र २५ रन खर्चेर सन्दीपले १ विकेट लिएका थिए ।

यस्तै आफ्नो दोस्रो खेल मा चेन्नई सुपर किङ्सविरुद्धको खेलमा ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले महत्वपुर्ण ३ विकेट लिन सफल भएका थिए । एका उनले ४ ओभरमा ३६ रन खर्चेका थिए । सन्दिप लाई दिल्ली ले सुरुवात का खेल हरु मा भने बेन्च मै राखेको थियो जब दिल्ली प्ले अफ को दौड बाट बाहिरियो यसपछि सन्दिप लाई टिमले बिश्वास गरेको थियो । र सन्दिप ले बिश्वास लाई सार्थक दिन सफल भएका छ्न ।।

प्रतिक्रिया दिनुहोस्