onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अन्तिम समयमा चुक्दा स्पेन र नर्वेको खेल बराबरीमा

असोज २६ , अनलाइन खेलखबर | नर्वेका यहोशू राजाले खेलको अन्तिममा गोल गरेपछी जारी युरोकप छ्नोटमा स्पेनले नर्वेसँग अंक बाढ्न बाध्य भएको छ ।

शनिबार राती नर्वेको घरेलु मैदानमा भएको खेलमा स्पेनका सौल डिग्ज़ले खेलको ४७ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

बिज्ञापन

१-० ले अग्रता बनाईरहेको स्पेन खेलको अन्तिम क्षणमा भने चुक्न पुग्दा अन्तत : नर्वेसँग अंक बाढन पुग्यो ।

यो खेलसँगै समूह `एफ ´ मा रहेको स्पेन ७ खेलबाट ६ मा जित र एकमा बराबरीसहित १९ अंकका साथ शीर्षस्थानमा रहेको छ । स्पेनलाई स्विडेनले १४ अंककासाथ पछ्याईरहेको छ भने नर्व १० अंकसहित चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्