onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिपको टिम बार्बोड्सलाई सिपिएलको उपाधि

असोज २६ , अनलाइन खेलखबर || वेस्ट ईन्डिजको क्यारेबियन क्रिकेट लिगको उपाधि नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम बार्बोड्स ट्रेन्डेन्ट्सले उचालेको छ ।

आईतबार बिहान भएको लिगको फाइनल खेलमा गुयना अमेजन वारियर्सलाई २७ रनले पराजित गर्दै बार्बोड्स लिगको च्याम्पियन बनेको हो ।

खेलमा बार्बोड्सले दिएको १ सय ७२ रनको विजयी चुनौतीलाई पछ्याएको वारियर्स निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ४४ रनमै सिमित हुन पुगेपछी खेल बार्बोडलले आफ्नो पक्षमा पार्दै लिगको उपाधिमाथि कब्जा समेत गरेको छ ।

फाईल फोटो

वारियर्सका लागि ब्याटिङमा ब्रैंडन किंगले सर्बाधिक ४३ रनको योगदान दिए । ३३ बलको सामाना गरेका उनले ४ चौका र १ छ्क्काको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै वारियर्सका निकोलस पूरनले २४ रन बनाउँदा बाकी खेलाडीबाट भने संतोषजनक प्रदर्शन हुन नसक्दा टिम बार्बोडससँग पराजित हुन पुग्यो ।
बिज्ञापन

बलिङतर्फ बार्बोडसका रेमोन रिफ़रले सर्बाधिक ४ विकेट हात पारे भने हैरी गुरनी र एशले नर्सको नाममा २/२ विकेट र हेडन वाल्शको नाममा १ विकेट रहयो ।

त्यसअघि ट्स जितेर पहिले ब्याटिङ गरेको बार्बोडसले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो ।

बार्बोड्सक जोनाथन कार्टरले सर्बाधिक अबिजित रह्दै ५० रनको योगदान गरे भने जॉनसन चार्ल्सले ३९ तथा एलेक्स हेल्सले २८ रनको योगदान गरेका थिए ।

बलिङमा वारियर्सका ईमरान ताहिर बेन लाफलिन, रोमारियो शेफर्ड र कीमो पॉलले समान १/१ विकेट लिएका थिए ।

यता नेपालका युवा खेलाडी सन्दिपले सिपिएलका सुरुवाती ६ खेल खेल्दै ८ विकेट हात पार्न सफल भएका थिए । त्यसपछि उनी नेपाली राष्ट्रिय टिमको सिगांपुर र ओमान भ्रमणमा जोडिएका थिए ।

प्रतिक्रिया दिनुहोस्