onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कप्तान पारस प्रधानमन्त्री कप नखेल्ने : कारण ,ब्यक्तिगत !!

काठमाडौ ( अनलाईन खेलखबर ) || आगामी जेठ १३ देखि राजधानि मा हुन गईरहेको नेपाल को सबैभन्दा ठूलो एकदिवसिय क्रीकेट प्रतियोगिता प्रधानमन्त्री कप को दोस्रो संस्करण नेपाली र्राष्ट्रिय क्रीकेट टोलि का कप्तान पारस खडका ले नखेल्ने भएका छ्न ।

ब्यक्तिगत कारण देखाउदै उनी नखेल्ने भएका हुन । उनी ब्यक्तिगत कारण ले बेलायत जानू पर्ने भएकाले उनी यस प्रतियोगिता मा सहभागि हुन सकेनन । प्रतियोगिता को मिति तय हुनु भन्दा पहिले नै उनले उक्त कार्यक्रम का बारेमा जानकारि गराएको हुँदा यस प्रतियोगिता उनले गुमाएका छ्न । यसअघि बिभागिय टिम सम्हालेका उनले विभागिय टिम सगँ को करार अबधी समाप्त भएको हुँदा यसपाली उनले प्रदेश नम्बर ३ को टिमलाई सम्हाले थिए ।

यहि आउदो जेठ १३ देखि २९ सम्म र्राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) र नेपालय ईभेन्ट कम्पनी को ब्यबस्थापन मा राजधानि स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर र निर्माणधिन मुलपानी क्रीकेट मैदान मा दोस्रो प्रधानमन्त्री पिएम कप हुने भएको छ ।

७ प्रदशिय टिम र ३ विभागीय टिम त्रिभुवन आर्मि कल्ब , नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी क्लब गरि कुल १० टिमको सहभागिता रहने छ प्रतियोगिता मा दुई टिम मा बिभाजन गरिएको छ । समूह “ए ” मा प्रदेश १ , प्रदेश २ , प्रदेश ४ , त्रिभुवन आर्मी र ससस्त्र प्रहरी ( एपिएफ ) क्लब र समूह “बि ” मा प्रदेश नम्बर ३, ५ , ६ , ७ र नेपाल पुलिस क्लब रहेका छ्न ।

करिब १ करोड ८० लाख जतिको लागत लाग्ने भनिएको प्रतियोगिता मा बिजेता टोलि ले २० लाख नगद सहित ट्र्‍फी पाउने छ्न भने उपबिजेता टोलि ले नगद १० लाख पाउने छ । यस्तै म्यान अफ द सिरिज ले १ लाख र उत्कृष्ट ब्याट्सम्यान र बलर ले जनही ५०/५० हजार पाउने छ्न ।

प्रतिक्रिया दिनुहोस्