onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

टिपिएल आजबाट सुरु हुँदै : उद्घाटन खेलमा पाल्पाली र भैरहवा भिड्ने

असोज २५ , अनलाइन खेलखबर | तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा प्रदेश ५ को प्रतिष्ठित तथा सर्बाधिक धेरै पुरस्कार राशी रहेको तिलोत्तमा प्रिमियर लिग ( टिपिएल ) क्रीकेट प्रतियोगिता आज देखि सुरु हुँदैछ ।

तेस्रो संस्करणको टिपिएलको उद्घाटन खेलमा आज शनिबार पाल्पाली लेजेन्डले सुपर एघार भैरहवाको सामना गर्नेछ । खेल दिउँसो १२ बजेपछी सुरु हुनेछ त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रम रहने छ ।

बिज्ञापन

रुपन्देही जिल्ला तिलोत्तमास्थित नवजिवन क्लबको क्रिकेट मैदानम हुँने प्रतियोगितामा कुल १० टिमको सहभागिता रहने छ ।

यता प्रतियोगिताको विजेताले नगद ४ लाख तथा उप बिजेताले २ लाख प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान नगद १०/१० हजार प्राप्त गर्दा प्रतियोगिताको उदायमान एकजना खेलाडीलाई प्रोत्साहन स्वरुप ५ हजार नगद प्रदान गरिने छ ।

भने प्रतियोगितामा फेयर प्ले अवार्ड समेत एक टिमलाई प्रदान गरिने भएको छ । अवार्डमार्फत टिमले नगद ४० हजार प्राप्त गर्नेछ ।

भने प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई आयोजकले नगद १ हजार ५ सय प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।

प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा बिभाज गरि प्रतियोगिता सन्चालन गरिने छ । जसबाट समुहका विजेता र उप – विजेता सेमिफाइनल पुग्नेछ्न ।

सेमिफाइनल खेल कार्तिक ६ गते हुनेछ । भने प्रतियोगिताको फाइनल ७ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *