onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

युरोकप छ्नोटमा ईङल्यान्ड १० बर्षपछि पराजित

असोज २५ , अनलाइन खेलखबर || सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा ईङल्याण्ड चेक रिपब्लिकसँग २-१ ले पराजित हुन पुगेको छ ।

शुक्रबार राती चेक रिपब्लिकको घरेलु मैदान सिनोबो रंगशालामा भएको खेलमा चेक रिपब्लिकले सुरुवाती पाँचौ मिनेटमा गोल खान पुग्यो ।

ईङल्याण्डका हैरी केनके पेनाल्टीमार्फत पहिलो गोल गर्दै टिमलाई सुरुवाती दिएपनी त्यसको थप ४ मिनेटमा चेक रिपब्लिकले बराबरी गोल फर्कायो ।

चेक रिपब्लिकका जैकब ब्रेबेकले खेलको नवौं मिनेटमा टिमका लागि बराबरी गोल गरे ।

बिज्ञापन

पहिलो हाफ १-१ ले सकिएको खेलमा खेलको
८५ औं मिनेटका चेक रिपब्लिक ज़ेडेनेक ओन्ड्रेसेकले दोस्रो गोल गरेपछी ईङल्याण्ड यस छ्नोट खेलमा दश बर्षपछि पराजित हुन पुगेको छ ।

यो हारसँगै छ्नोटको समूह“ ए ” मा रहेको ईङल्याण्ड अंकतालिकामा १२ अंकसाथ पहिलो स्थानमा छ भने चेक रिपब्लिकले पछ्याईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्