onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

सन्दिपको टिम बार्बोड्स सिपिएलको फाइनल प्रवेश

असोज २४ , अनलाइन खेलखबर ।। वेस्ट ईण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग ( सिपिएल ) मा नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम बार्बोड्स ट्रिडेंट्स लिगमा फाईनल प्रबेश गरेको छ ।

आज शुक्रबार लिगको दोस्रो क्वालिफायरमा ट्रिनबागो नाइट राइडर्सलाई १२ रनले पराजित गर्दै बारबाडोस जारी लिगको फाइनल प्रबेश गरेको हो । अब बारबाडोसले आउँदो आईतबार गुयना अमेजन वारियर्ससँग फाइनलमा प्रतिश्पर्दा गर्नेछ । खेल नेपाली समय अनुसार बिहान पौने ३ बजेपछि सुरु हुनेछ ।

खेलमा बार्बोड्सले दिएको १ सय ६१ रनको विजयी लक्ष्यलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको नाईट राईडर्स १९.३ ओभरमा अलआउट हुँदै १ सय ४८ रनमा सिमित हुन् पुगेपछि बार्बोड्सले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

बिज्ञापन

नाईट राईडर्सका लागि सीकुंज प्रसन्नाले अर्धशतक ५१ रन तथा कप्तान किरण पोलार्डले २३ रन बनाउनु बाहेक अन्य खेलाडीले त्यति उलेख्य योगदान गर्न नसक्दा टिम जित नजिक पुगेर पनि पराजित हुन् पुग्यो ।

बलिङतर्फ बार्बोड्सका हैरी गुरनी,हेडन वाल्श, एशले नर्स र रेमोन रिफ़रले समान २/२ विकेट लिए भने कप्तान जोशन होल्डरको नाममा पनि एक विकेट रहेको थियो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको बार्बोड्सले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय ६० रनको योगफल खडा गरेको थियो ।

बार्बोड्सका लागि जॉनसन चार्ल्सले सर्बाधिक ३५ तथा शकिब अल हसनले १८ रन , साई होपले २३ र अन्त्यमा रेमोन रिफ़र
र एशले नर्सले अविजित रहदै समान २४/२४ रन बनाएपछी बार्बोड्सले खेललाई आफ्नो पक्षमा पार्दै लिगको फाइनल प्रवेश गरेको हो ।

बलिङतर्फ ट्रिनबागो नाइट राइडर्सका अलि खान , खारी पियरे र क्रिस जॉर्डनले समान २/२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *