onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल फेरि पराजित : ओमानसँग नेपालको लज्जास्पद हार

असोज २३ , लाइन खेलखबर || ओमानमा भएको पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपाल आयोजक ओमानसँग ६ विकेटले पराजित भएको छ ।

खेलमा नेपालले दिएको ६५ रनको झिनो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको ओमानले मात्र ४ विकेट गुमाएर ११.५ ओभर भित्र उक्त चुनौतीलाई भेटायो ।

ओमानलाई जिताउन सुरज कुमारले अबिजित रह्दै ४२ रनको योगदान गरे ।३० बलको सामना गरेका उनले २ चौका र ३ छ्क्काको मद्दतमा उक्त रन बनाएका थिए ।

बिज्ञापन

यस्तै बलिङतर्फ नेपालका करन केसिले २ तथा सोमपाल कामी र सन्दिप लामिछानेले १/१ विकेट लिएका थिए ।

त्यसअघि ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा ट्स हारेर पहिले ब्याटिङ गर्ने क्रममा निकै खराब ब्याटिङ गर्ने क्रममा नेपाल ११ ओभरमा अलआउट हुँदै ६४ रनमा सिमित हुन पुगेको थियो ।

नेपालका लागि आरिफ शेखले २० तथा दीपेन्द्र सिँह एरिले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोडन नसक्दा नेपाल निकै कमस्कोरमा रोकिन बाध्य भएको थियो ।

नेपालका खेलाडीमाथि हाबी हुने क्रममा ओमानका आमिर कलिमले मात्र १५ रन खर्चिएर ५ विकेट हात पारे । यस्तै बिलाल खानले २ तथा मोहम्मद नदिम र खावर अलिले समान १/१ बिकेट चटकाए ।।

यसअघि नेपालले सिरिजमा हङकङ र नेदरल्याण्डलाई समान ४/४ विकेटले पराजित गरेको थियो ।

भने तेस्रो खेलमा आयरल्याण्डसँग नेपाल १३ रनले पराजित हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्