onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ओमानका बलरसामु नेपाली खेलाडी निरीह साबित

असोज २३ , अनलाइन खेलखबर || ओमानमा भएको पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपालले अहिले ओमानको सामना गरिरहेको छ ।

ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा ट्स हारेर पहिले ब्याटिङ गर्ने क्रममा निकै खराब ब्याटिङ गर्ने क्रममा ११ ओभरमा अलआउट हुँदै ६४ रनमा सिमित हुँदा नेपाल लज्जास्पद हारको नजिक पुगेको छ ।

नेपालका लागि आरिफ शेखले २० तथा दीपेन्द्र सिँह एरिले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोडन नसक्दा नेपाल यो स्थितिमा पुगेको छ ।

नेपालका खेलाडीमाथि हाबी हुने क्रममा ओमानका आमिर कलिमले मात्र १५ रन खर्चिएर ५ विकेट हात पारे । यस्तै बिलाल खानले २ तथा मोहम्मद नदिम र खावर अलिले समान १/१ बिकेट चटकाए ।।

अहिले नेपालले दिएको झिनो लक्ष्य पछ्याउँदै ओमानले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्