onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

नेपाल ऐतिहासिक सफलता हात पार्नबाट चुक्यो ! आयरल्याण्डसँग पराजित

असोज २२ , अनलाइन खेलखबर || ओमानमा जारी जारी पाँच राष्ट्र सम्मलित अन्तर्राष्ट्रिय टि – ट्वान्टी सिरिजमा नेपाल आफ्नो तेस्रो खेलमा टेस्ट राष्ट्र आयरल्याण्डसँग १३ रनले पराजित हुन पुगेको छ ।

खेलमा आयरल्याण्डले दिएको १ सय ४६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपालले निर्धारित १९.५ ओभरमा अलआउट हुँदै १ सय ३२ रनमा सिमीत हुन पुगेपछी खेल नेपालले जित नजिक पुगेर पनि पराजित हुन पुग्यो ।

बिज्ञापन

खेलमा टिमको स्कोर ४.१ ओभरमा ३५ रन हुँदा पारस खड्कालाई गुमाएको नेपालले दोस्रो विकेटका लागि आरिफ र ईशान पाण्डेबिच ३८ रनको साझेदारी हुन पुगेको थियो ।

ईशान ९.६ ओभरमा टिमको स्कोर ७३ रन हुँदा ब्यक्तिगत २२ रनमा आउट हुन पुगे । ३० बलको सामना गरेका ईशानले ३ चौका समेत प्रहार गरे ।

ईशान पछि नेपालले लगातार चार बलमा ३ बिकेट विकेट गुमायो । १४.५ ओभरमा दिपेन्द्रलाई १९ रनमा गुमाएको नेपालले अर्को ओभरको दोस्रो र तेस्रो बलमा क्रमश बिनोद भण्डारी र आरिफ शेखलाई गुमायो । बिनोदले १ रन बनाए भने आरिफले २६ रनको योगदान गरे । अत्यमा करन केसिले १६ रनको योगदान गरेका थिए ।

राम्रो सुरुवात गरेको भएपनी अन्तिम समयमा नेपालको ब्याटिङ चुक्न पुग्दा नेपाल एतिहासिक जित हासिल गर्नबाट चुक्यो ।

बलिङतर्फ आयरल्याण्डका डकरेल र मार्क अडायरले समान ३/३ विकेट लिए भने गैरेथ डेलानिले २ विकेट हात पारे ।

त्यसअघि ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा जारी खेलमा सुरुमा टसमा जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेटको क्षतीमा १ सय ४५ रन बनाएको थियो ।

सुरुवाती दोस्रो मिनेटमा केभिन ओब्राईन।लाई टिमको स्कोर ७ रन हुँदा ब्यक्तिगत ५ रनमा गुमाएको भएपनि आयरल्याण्डले यसपछि दोस्रो विकेटका लागि ठूलो साझेदारी गरेपछी आयरल्याण्डले यो स्कोर तय गरेको हो ।

पॉल स्टर्लिंग र एंडी बालबर्नीबिच दोस्रो विकेटका लागि ८८ रनको साझेदारी हुन पुगेको थियो ।

टिमको स्कोर १३.३ ओभरमा ९५ रन हुँदा एंडी बालबर्नी आउट हुन पुगे । उनले २८ बलको सामना गर्दै ५ चौका र १ छ्क्काको मद्तमा उक्त रन वनाउँदा पॉल स्टर्लिंगले ईनिङको सर्बाधिक धेरै रन बनाउने क्रममा ५९ रनको योगदान गरे ।

कुनै बेला टिमको स्कोर ९५ रन हुँदा मात्र २ विकेट गुमाएको आयरल्याण्डले थप ५० रन जोड्दा आफ्नो महत्वपुर्ण ६ विकेट गुमायो ।

बलियो टिम आयरल्याण्डविरुद्ध नेपाली बलरले राम्रो कमब्याक गर्ने क्रममा नेपालका सन्दिप लामिछाने र अभिनास बोहराले समान २/२ विकेट हात पारे ।

भने ललित राजबम्शी र करन केसिले पनि १/१ विकेट लिएका थिए ।

यसअघि सिरिजमा नेपालले पहिलो खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दा दोस्रो खेलमा करन केसिको अदभुत प्रदर्शनको मद्दतमा नेदरल्याण्डलाई नेपालले रोमाञ्चक बनेको खेलमा ४ विकेटले पराजित गरेको थियो ।

असोज २३ गतेसम्म चल्ने सिरिजलाई नेपाल बाहेक अन्य चार टोलीले आसन्न अक्टोबर १८ देखि युएईमा हुने आईसीसी टि – ट्वान्टी विश्वकपको अन्तिम छ्नोट ग्लोबल क्वालिफायरका लागि तयारी स्वरुप लिएका छ्न भने नेपालले आसन्न दक्षिण एसियाली खेलकुद ( साग ) को तयारीस्वरुप लिएको
छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *