onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

आयरल्याण्डद्रारा नेपालसामु मध्यम विजयी चुनौती प्रस्तुत

असोज २२ , अनलाइन खेलखबर || ओमानमा जारी पाँच राष्ट्र सम्मलित अन्तर्राष्ट्रिय टि – ट्वान्टी सिरिज अन्तर्गत नेपालले अहिले टेस्ट राष्ट्र आयरल्याण्डको सामना गरिरहेको छ ।

ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा जारी खेलमा सुरुमा टसमा जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेटको क्षतीमा १ सय ४५ रन बनाएको छ ।

सुरुवाती दोस्रो मिनेटमा केभिन ओब्राईनलाई टिमको स्कोर ७ रन हुँदा ब्यक्तिगत ५ रनमा गुमाएको भएपनि आयरल्याण्डले यसपछि दोस्रो विकेटका लागि ठूलो साझेदारी गरेपछी आयरल्याण्डले यो स्कोर तय गरेको हो ।

पॉल स्टर्लिंग र एंडी बालबर्नीबिच दोस्रो विकेटका लागि ८८ रनको साझेदारी हुन पुगेको थियो ।

टिमको स्कोर १३.३ ओभरमा ९५ रन हुँदा एंडी बालबर्नी आउट हुन पुगे । उनले २८ बलको सामना गर्दै ५ चौका र १ छ्क्काको मद्तमा उक्त रन वनाउँदा पॉल स्टर्लिंगले ईनिङको सर्बाधिक धेरै रन बनाउने क्रममा ५९ रनको योगदान गरे ।

कुनै बेला टिमको स्कोर ९५ रन हुँदा मात्र २ विकेट गुमाएको आयरल्याण्डले थप ५० रन जोड्दा आफ्नो महत्वपुर्ण ६ विकेट गुमायो ।

बलियो टिम आयरल्याण्डविरुद्ध नेपाली बलरले राम्रो कमब्याक गर्ने क्रममा नेपालका सन्दिप लामिछाने र अभिनास बोहराले समान २/२ विकेट हात पारे ।

भने ललित राजबम्शी र करन केसिले पनि १/१ विकेट लिएका थिए ।

बिज्ञापन

अब आयरल्याण्डले प्रस्तुत गरेको १ सय ४६ रनको विजयी लक्ष्य पछ्याउँदै अबको केहिबेरपछि नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

असोज २३ गतेसम्म चल्ने सिरिजलाई नेपाल बाहेक अन्य चार टोलीले आसन्न अक्टोबर १८ देखि युएईमा हुने आईसीसी टि – ट्वान्टी विश्वकपको अन्तिम छ्नोट ग्लोबल क्वालिफायरका लागि तयारी स्वरुप लिएका छ्न भने नेपालले आसन्न दक्षिण एसियाली खेलकुद ( साग ) को तयारीस्वरुप लिएको
छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *