onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपालको टी -ट्वान्टी अन्तराष्ट्रियमा अहिलेसम्मका ७ उच्च स्कोरहरु

असोज २२ , अनलाइन खेलखबर ।। लामो समय देखि निरन्तर क्रिकेटमा लागिपरेको नेपाल केहि वर्ष यता एक पछी अर्को सफलता हात पार्दै आएको छ । यसैक्रममा नेपालले विश्वकपको समेत स्वाद चाखिसकेको छ । हामिजस्ता क्रिकेटका उदायमान मुलुकलाई यी सहभागी हुनु पनि एक किसिमको ठुलो सफलता नै हो ।

नेपालले सन् २०१४ मा एसियाली मुलुक बंगलादेशमा भएको आईसीसी टी -ट्वान्टी विश्वकपमा सहभागी मात्र जनाएँन निकै राम्रो छाप जोड्न सफल भएको थियो ।

विश्वकपको दौरान नेपालले हंगकंग र अफगानिस्तानलाई नराम्रोसँग हराएको थियो । भने टेस्ट मान्यता प्राप्त बंगलादेशबिरुद्द नेपाली टिमले डटेर खेलेको थियो ।
पहिलो पटक विश्वकप खेलेपछि क्रिकेटको क्रेज अझ नेपालमा ब्यापक पायो । नेपालको प्रदर्शनलाई ध्यानमा राख्दै आईसीसीले नेपालका खेललाई टी -ट्वान्टी मान्यता दियो र नेपाली टिमको खेलाडीको रेकर्ड राखिन सुरु गर्न थालियो ।

बिज्ञापन

सोहि क्रममा अहिलेसम्म आईपुग्दा टी – ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालको अहिलेसम्मको उच्च ७ स्कोरको बारेमा हामिले यस सामाग्रीमा चर्चा गरेका छौ । क्रमश :

१. मलेसियाबिरुद्द १७३ रन : सन् २०१९ जूलाईमा नेपालको मलेसिया भ्रमणका दौरान १७३रनको पारी टी -ट्वान्टी अन्तराष्ट्रियमा नेपालले प्रहार गरेको अहिलेसम्मको उच्ततम स्कोर रहेको छ ।

यो खेलमा बिनोद भण्डारीको अर्धशतकीय ५१ रनको पारी र शरद भेषवाकरको ४० रन तथा कप्तान पारस खडकाको २३ रनको मद्द्तमा नेपालले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो ।

त्यसपछी नेपालले दिएको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको मलेसिया १ सय ६७ रनमा सिमित हुन पुगेपछि नेपालले यो खेल ६ रनले जित्दै आफ्नो पक्षमा पार्न समेत सफल भएको थियो ।

२. सिगांपुरबिरुद्द १५४ रन : नेपालले अहिले सम्म टी -ट्वान्टी अन्तराष्ट्रियमा ठुलो स्कोर बनाउने क्रममा यो सूचिको दोस्रो स्थानमा हालै सेप्तेबरमा सिगांपुरले आयोजना गरेको जिम्बावे र सिगांपुर र नेपालबीचको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले सिगांपुरले दिएको १ सय ५२ रनको विजयी चुनौतीलाई पूरा गर्ने क्रममा १६ ओभरमा मात्र १ विकेट गुमाएर नेपालले १ सय ५४ रन बनाउंदै सिगांपुरमाथि ९ विकेटले जित हासिल गरेको थियो ।

यो खेलमा नेपालका कप्तान पारस खडकाको कीर्तिमानी शतकीय पारी १०६ रनको योगदान रहेको थियो । अविजित रहेका पारसले ५२ बलको सामना गर्दै ७ चौका र ९ छक्का समेत प्रहार गरेका थिए । उनको यो शानदार प्रदर्शन पछी नेपालले सिगांपुरलाई शानदार जित हासिल गरेको थियो ।

३. हङकङबिरुद्द १४९ रन : नेपाली क्रिकेटको ईतिहासमा हालसम्मकै एक ठुलो उपलब्धिको रुपमा रहेको बंगलादेशमा सन् २०१४ मा भएको टी -ट्वान्टी विश्वकपका बेला नेपालले आफ्नो पहिलो खेलमा हङकङको सामना गरेको थियो ।

विश्वकपको पहिलो चरण को समूह ” ए ” मा रहेका नेपाल र हङकङबीचको खेलमा नेपालले सुरुमा ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । जुन अहिलेसम्मको नेपालको पाँचौ स्थानको उच्च स्कोर हो ।

त्यसपछी नेपालले प्रस्तुत गरेको १ सय ५० रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको हङकङ मात्र ६९ रनमा सिमित हुन पुगेपछि नेपालले हङकङमाथि फराकिलो जित हासिल गर्ने क्रममा ८० रनले पराजित गरेको थियो ।

नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शनमा हङकङका ब्याट्सम्यानहरु निरिह साबित भएका थिए । जसमा सक्ति गौचंन र बसन्त रेग्मीले समान २/२ विकेट लिन सफल भएका थिए । भने सोमपाल कामिले २ तथा जितेन्द्र मुखिया र पारस खडकाले १/१ विकेट हात पारेका थिए ।

४. कुबेतबिरुद्द १४३ रन : सिगांपुरमा केहि महिना अघि भएको आईसीसी टी -ट्वान्टी विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुबेतबिरुद्द १ सय ४३ रन बनाएको थियो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कुबेतले निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । त्यसपछी जवाफी ब्याटिङ गरेको नेपालले १५.५ ओभरमा लक्ष्य भेटाउने क्रममा १ सय ४३ रन बनाएको थियो ।

खेलमा कुबेतलाई ७ विकेटले पराजित गरेको नेपालका लागि पारस खडकाले सर्बाधिक ६८ रन तथा शरद भेषवाकरले ३८ रन बनाएका थिए भने बलिङतर्फ बसन्त रेग्मी र सन्दिप लामिछाने समान ३/३ विकेट लिएका थिए ।

५. नेदरल्याण्डबिरुद्द १४१ रन : सन् २०१५ मा नेदरल्याण्ड भ्रमणका दौरान नेपाल र नेदरल्याण्डबिचको चौथो खेलमा नेपालले यो स्कोर खडा बनाएको थियो । यो खेलमा नेपालले नेदरल्याण्डलाई रोमान्चक बनेको खेलमा ३ विकेटले पराजित गरेको थियो ।

खेलमा टस जितेर नेदरल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो । त्यसपछी नेदरल्याण्डले प्रस्तुत गरेको विजयी चुनौतीलाई नेपालले ३ बल बाकि रहदा ७ विकेट गुमाएको अबस्थामा भेटाएको थियो ।
नेपाललाई सान्त्वना जित दिलाउने क्रममा कप्तान पारस खडकाले अर्धशतकीय ५४ रनको योगदान गरेका थिए ।

६. अफगानिस्तानबिरुद्द १४१ रन : सन् २०१४ मा बंगलादेशमा भएको टी – ट्वान्टी विश्वकपको बेला नेपालले अफगानिस्तानबिरुद्दको यो खेलमा सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेट क्षतिमा १ सय ४१ रन बनाएको थियो ।

त्यसपछी नेपालले प्रस्तुत गरेको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ३२ मा सिमित हुनं पुगेपछि नेपालले अफगानिस्तानलाई ९ रनले पराजित गरेको थियो ।

यो खेलमा नेपालका तर्फबाट सुबाश खकुरेलले अर्धशतकीय ५६ रनको पारी खेल्दा शरद भेषवाकरले ३७ तथा ज्ञानेन्द्र मल्लले २२ रनको योगदान गरेका थिए ।

७ .नेदरल्याण्डबिरुद्द १३४ रन : अहिले ओमानमा जारी पाँच राष्ट्र सम्मलित टी – ट्वान्टी सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्डबिरुद्द यो स्कोर बनाउदै रोमान्चक खेल ४ विकेटले जितेको थियो ।

खेलमा नेदरल्याण्डले प्रस्तुत गरेको १ सय ३४ रनको विजयी चुनौती नेपालले १ बल बाकि रह्दा ६ विकेट गुमाएर भेटाएको थियो ।
नेपालको जितमा करन केसि नायक बने नेपालबाट टाढा बनिसकेको खेलमा अत्यमा आक्रमक पारी खेल्दै मात्र १४ बलमा १ चौका र २ छ्क्काको मद्धतमा ३१ रनको पारी खेलेपछी नेपालले नेदरल्याण्डमाथि रोमाञ्चक जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्