onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

सप्तरीमा जारी एमएलए फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा

लोकेन्द्रप्रसाद यादब ( अनलाइन खेलखबर ) | सप्तरी जिल्लास्थित मानराजामा जारी एमएलए फुटबल प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगिताको आज सोमबार पहिलो चरणमा अन्तिम खेलमा सप्तरीको थारु युवा क्लबले सिरहाको गोलबजार स्पोर्ट्स क्लब गोलबजारलाई १-० ले पराजित गर्दै सेमिफाइनल प्रबेश गरेको छ ।

खेलमा ५१ औं मिनेटमा थारुका श्याम चाैधरीले गरेको एक मात्र गोल अन्ततः थारुलाई प्रतियोगिताको सेमिफाइनल पुर्याउन प्रयाप्त भयो ।

यसअघि फत्तेपुर सप्तरीको टिम त्रियुगा स्पोर्ट्स , धनुषाको धारापानी युवा क्लव र सर्लाहीको बाग्मती युवा क्लब सेमिफाइनल पुगिसकेको छ ।

अब सेमीफाइनल खेल असोज २३ र २४ गते हुनेछ भने फाइनल खेल २६ गते हुने खेल तालिका रहेको छ ।

राजाजि युवा एघार क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ७५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ्न । भने उप – विजेता टिमले नगद ४० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *