onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

नेपाल र नेदरल्याण्डबीचको पछिल्ला पाँच भेटहरु

असोज २० , अनलाइन खेलखबर || ओमानमा जारी पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेलमा नेदरल्याण्डको सामना गर्दैछ ।

फाईल फोटो ।

ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजेपछी सुरु हुँने खेलमा नेपाल स्पष्ट जितको खोजिमा रहने छ ।

पहिलो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको नेपाल सिरिजमा जितको सिलसिलालाई जिबित राख्ने सोचमा रहदा नेदरल्याण्ड पहिलो जितको खोजिमा रहने छ ।

बिज्ञापन

नेदरल्याण्ड सिरिजको आफ्नो पहिलो खेलमा टेस्ट राष्ट्र आयरल्याण्डसँग ६ विकेटले पराजित भएको हुँदा नेदरल्याण्डलाई पनि जित्नै पर्ने आबस्यकता रहेको छ ।

एसोसियट क्रीकेटमा नेदरल्याण्डलाई निकै राम्रो टिम मानिन्छ । नेदरल्याण्डलाई अनुभवको कमि छैन , टेस्ट राष्ट्रलाई समेत बेला बखत निराश बनाईसकेको नेदरल्याण्ड तुलनात्मक रुपमा बलियो देखिए पनि नेदरल्याण्ड र नेपालको खेल सदैभ टक्कर र हेर्न लायक सधै हुने गर्छ ।

हेड टु हेडमा नेपाल बलियो नेदरल्याण्डसँग पछि रहेतापनि पछिल्लो नेपालको प्रदसंनले गर्दा नेदरल्यान्डबिरुद्द नेपालका लागि असली अग्नि परिक्षा समेत हुनेछ ।

अब हेर्नुहोस नेपाल र नेदरल्याण्डबीचको पछिल्ला पाँच भेटहरु

५. नेपाल र नेदरल्याण्डको पछिल्लो समय भेट अघिल्लो बर्ष जुलाईमा एमसीसी त्रिकोणात्मक सिरिजका दौरान भएको थियो | मेलवर्न क्रिकेट क्लबको आमन्त्रणमा यो सिरिज भएको थियो | जसमा खेल सुरु भएपनि बर्षाले गर्दा रद्द हुँन पुगेको थियो |

लर्ड्स क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेरनेदरल्याण्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो | जसअनुरुप नेदरल्याण्डले १६. ४ ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको अबस्थामा वर्षा हुन थालेपछि अन्तत खेलनै रद्द हुँन पुगेको थियो

४. मेलवर्नेन अघि नेपालले र नेदरल्याण्ड बिचको भेट सन् २०१५ जुनको अन्त्यतिर नेदरल्याण्डमा भएको सिरिजमा भएको थियो | जहाँ नेपाल र नेदरल्याण्डबीच ४ खेल भएका थिए | जसमध्य पहिलो खेलमा नेदरल्याण्डले नेपाललाई १८ रनले पराजित गरेको थियो |

खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेदरल्याण्डले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो | त्यसपछी नेदरल्याण्डले दिएको १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभर पुरै खेलेपनि ७ विकेटको क्षतिमा १ सय १६ रनमा सिमित हुँन पुगेको थियो | नेपालको तर्फबाट कप्तान पारस खडकाले अविजित रहदै ४५ रनको पारी खेलेका थिए |

३. नेदरल्याण्ड भ्रमणका दौरान नेपाल र नेदरल्याण्डबिचको दोस्रो खेल : यो खेलमा नेपालले टस जितेर नेदरल्याण्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो | जस अन्तर्गत नेदरल्यान्डले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो |

यसपछी नेदरल्याण्डले प्रस्तुत गरेको ठुलो लक्ष्य पछ्याएको नेपालले निकै खराब प्रदशन गर्ने क्रममा १७.४ ओभरमा आफनो सबै विकेट गुमाएर ६९ रनमा सिमित हुँन पुगेपछि नेपालले नेदरल्याण्डसँग १०३ रनको फराकिलो हार व्यहोरेको थियो | जसमा नेपालको तर्फबाट शरद भेषवाकरले १८ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले उलेख्य योगदान गर्न असफल भएका थिए |

२ . नेदरल्याण्ड भ्रमणका दौरान नेपाल र नेदरल्याण्डबिचको तेस्रो खेल : यो खेल पनि नेदरल्याण्डले आफ्नो पक्षमा पार्न सफल भएको थियो | नेदरल्याण्डले नेपाललाई १८ रनले पराजित गर्न सफल भएको थियो |

खेलमा टस जितेर सुरुमा ब्याटिङ गर्दै नेदरल्याण्डले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो | त्यसपछी नेदरल्याण्डले प्रस्तुत गरेको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको नेपालले २० ओभर पुरै सामना गर्दै ९ विकेट गुमाएर १ सय ३१ रनमा सिमित हुन पुगेपछि नेपाल लगातर तेस्रो पटक पराजित हुँन पुगेको थियो |

१ . नेदरल्याण्ड भ्रमणका दौरान नेपाल र नेदरल्याण्डबिचको चौथो खेल : यो खेलमा भने नेपालले नेदरल्याण्डलाई रोमान्चक बनेको खेलमा ३ विकेटले जित हासिल गरेको थियो |

खेलमा टस जितेर नेदरल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो | त्यसपछी नेदरल्याण्डले प्रस्तुत गरेको विजयी चुनौतीलाई नेपालले ३ बल बाकि रहदा ७ विकेट गुमाएको अबस्थामा भेटाएको थियो |

नेपाललाई सान्त्वना जित दिलाउने क्रममा कप्तान पारस खडकाले अर्धशतकीय ५४ रनको योगदान गरेका थिए |

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *