onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

बार्सीलोनाको प्रभावशाली जित : मेस्सीले पनि गरे गोल

असोज २० , अनलाइन खेलखबर || स्पेनिस लिग ला लिगामा बार्सिलोनाले सेभिल्लामाथि प्रभावशाली जित हासिल गरेको छ ।

आईतबार राती बार्सिलोनाको घरेलु मैदान कैम्प नोऊ मा भएको खेलमा बार्सीलोनाले सेभिल्लामाथि ४-० गोल अन्तरले जित हासिल गरेको हो ।

एकतर्फी बनेको खेलमा बार्सीलोनाले खेलको २७ औं मिनेटमा लुइस सुआरेजको गोलमार्फत अग्रता बनाएको थियो । त्यसपछि पहिलो गोलको ५ मिनेटपछि बार्सीलोनाले थप अर्को गोल थप्यो ।

३२ औं मिनेटमा आर्टुरो विडालले टिमका लागि दोस्रो गोल गरे । सेभिल्ला माथि लगातार आक्रमण गरिरहेको बार्सीलोनाले खेलको ३५ औं मिनेटमा तेस्रो गोल गर्यो ।

तेस्रो गोल ओस्मान डेम्बेले गरे । र पहिलो हाफ सकिदा बार्सीलोना ३-० ले अगाडी रहयो ।

बिज्ञापन

तर बार्सीलोना यति मात्र चित्त बुझाएन दोस्रो हाफमा पनि बार्साले थप १ गोल गर्न सफल भयो ।

चौथो गोल टिमका लागि ७८ औ मिनेटमा लियोनेल मेस्सीले गरेका थिए ।

यो खेलसँगै बार्सीलोना ८ खेलबाट ५ मा जित २ मा हार र १ मा बराबरी खेल्दै १६ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा भने १८ अंकसहित रियल मेड्रिड रहेको छ ।

यता पराजित सेभिल्ला समान ८ खेलबाट १३ अंकसहित छ्ठौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *