onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिप ले उत्कृष्ट बलिङ गर्दा दिल्ली सगँ मुम्बई पराजित : हार सगैं डिफेन्डिङ च्याम्पियन लिग चरण बाटै बाहिरियो

जेठ ६ , अनलाईन खेलखबर || आईपिएल को यस सस्करण को लिगं चरण को अन्तिम खेल खेलेका दिल्ली डेयर डेभिल्स र मुम्बई ईन्डियन बिचको खेल मा डिफेन्डिङ च्याम्पियन टिम मुम्बई दिल्ली सगँ ११ रन ले पराजित भएको छ । हार सगैँ प्ले अफ खेल्ने सपना मुम्बई को सपना मै सिमित हुने भएको छ । आज को खेल मुम्बई का लागि प्ले अफ मा स्थान बनाउन जित्नै पर्ने दबाब थियो तर यसो हुन सकेन र डिफेन्डिङ च्याम्पियन मुम्बई लिग चरण बाटै बाहिरिएको छ । भने दिल्ली यस अघि नै यस दौड बाट बाहिसकेको थियो । आज को जित दिल्ली का लागि सान्त्वना जित हुन पुग्यो ।

आज फिरोज शाह कोटला दिल्ली मा टस जितेत पहिले ब्याटिङ गरेको घरेलु टिम दिल्ली ले निर्धारित पुरै २० ओवर खेल्दै मात्र ४ विकेट को क्षतिमा १ सय ७४ रनको लक्ष्य खडा गरेको थियो । दिल्ली का लागि पन्त र बिजय सङ्खर ले ठूलो पारी खेले पन्त ले ४ छ्क्का ४ चौका को मद्दत ले ६४ रन बनाएका थिए भने बिजय सङखर ले ४३ रनको महत्त्वपूर्ण पारी खेले यस्तै ओपनरद्रय पृथ्वी शाह र ग्लेन म्याक्सबेल ले क्रमश : १२ र २२ रन बनाए भने श्रेयश एय्यर ले ६ रन जोडे भने अभिषेक सर्मा अबिजित १२ रन मा अबिजित रहे ।

बलिगं तर्फ मुम्बई का लागि कुनाल पान्डेय , बुमराह र मय्यक मार्कन्डे ले समान १/१ विकेट लिन सफल भएका थिए।

१ सय ७५ रनको बिजयी लक्ष्य पछ्याएको मुम्बई १९.३ ओभर मा अलआउट् हुँदै १ सय ६३ रन बनायो । जस मा लुईस ले सर्बाधिक ४८ रन बनाएका थिए । दिल्ली को स्पिनर ले सुरुवात देखि नै मुम्बई का ब्याटसम्यान लाई खुलेर खेल्न दिएनन पहिलो बिकेट् का लागि सन्दिप लामिछाने ले ईनिग को पहिलो ओवर मै सुर्य कुमार यादब लाई १२ रन मा पबेलियन फर्कादिएका थिए । यस्तै सन्दिप ले किरन पोलाड र कुर्नाल पान्डेय को पनि थप बिकेट लिएका थिए यसबाहेक मुम्बई का बेन कटिङ ले अन्य सम्म खेल लगेपनी टिमलाई जिताउन भने सकेनन उनी ३७ रन मा क्याच आउट हुन पुगे यस्तै अन्य ब्याटसम्यान ले उल्लेख्य योगदान गर्न अफसल हुँदा टिम ले पराजित हुन बाध्य मात्र भएन लिग चरण बाटै बाहिरियो ।

बलिग तर्फ आज दिल्ली का लागि नेपाल का सन्दिप लामिछाने ,अमित मिस्र र हर्शल पटेल ले समान ३/३ विकेट लिए सन्दिप ले ४ ओ वर गर्दै ३६ रन खर्चिएका थिए । यस्तै टेर्न बोल्ट ले १ विकेट हात पार्न सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस्