onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आज नेपाल र नेदरल्याण्ड भिड्दै : नेपाललाई अग्नि परिक्षा

असोज २० , अनलाइन खेलखबर || ओमानमा जारी पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेलमा नेदरल्याण्डको सामना गर्दैछ ।

फाईल फोटो ।

ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजेपछी सुरु हुँने खेलमा नेपाल स्पष्ट जितको खोजिमा रहने छ ।
बिज्ञापन

पहिलो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको नेपाल सिरिजमा जितको सिलसिलालाई जिबित राख्ने सोचमा रहदा नेदरल्याण्ड पहिलो जितको खोजिमा रहने छ ।

नेदरल्याण्ड सिरिजको आफ्नो पहिलो खेलमा टेस्ट राष्ट्र आयरल्याण्डसँग ६ विकेटले पराजित भएको हुँदा नेदरल्याण्डलाई पनि जित्नै पर्ने आबस्यकता रहेको छ ।

एसोसियट क्रीकेटमा नेदरल्याण्डलाई निकै राम्रो टिम मानिन्छ । नेदरल्याण्डलाई अनुभवको कमि छैन , टेस्ट राष्ट्रलाई समेत बेला बखत निराश बनाईसकेको नेदरल्याण्ड तुलनात्मक रुपमा बलियो देखिए पनि नेदरल्याण्ड र नेपालको खेल सदैभ टक्कर र हेर्न लायक सधै हुने गर्छ ।

पछिल्ला पाँच भेटमा पनि नेदरल्याण्डले तीन खेल आफ्नो पक्षमा पार्दा एक खेलमात्र नेपालले आफ्नो पक्षमा पार्दा एक खेलरद्द हुन पुगेको थियो ।

हेड टु हेडमा नेपाल बलियो नेदरल्याण्डसँग पछि रहेतापनि पछिल्लो नेपालको प्रदसंनले गर्दा नेदरल्यान्डबिरुद्द नेपालका लागि असली अग्नि परिक्षा समेत हुनेछ ।

यता आज हुने खेललाई ओमान क्रीकेटको आधिकारिक यु – टुभ च्यानलबाट हेर्न सकिने ब्यबस्था रहेको छ ।

असोज २३ गतेसम्म चल्ने सिरिजलाई नेपाल बाहेक अन्य चार टोलीले आसन्न अक्टोबर १८ देखि युएईमा हुने आईसीसी टि – ट्वान्टी विश्वकपको अन्तिम छ्नोट ग्लोबल क्वालिफायरका लागि तयारी स्वरुप लिएका छ्न भने नेपालले आसन्न दक्षिण एसियाली खेलकुद ( साग ) को तयारीस्वरुप लिएको छ ।

प्रतिक्रिया दिनुहोस्