onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

साउथह्याम्पटनमाथि चेल्सीको सहज जित

असोज १९ , अनलाइन खेलखबर || ईङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले साउथह्याम्पटनलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले पराजिर गरेको थियो ।

खेलमा चेल्सीले खेलको १७ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता बनाएको थियो । टिमका लागि टैमी अब्राहमले पहिलो गोल गरेका थिए ।

बिज्ञापन

त्यसपछि २४ मिनेटमा मेसन माउंटको गोलमार्फत चेल्सीले अग्रता २ बनायो । तर खेलको ३० औं मिनेटमा साउथह्याम्पटनका डैनी इंग्सले गोल गर्न सफल भए ।

त्यसपछि ४० औ मिनेटमा चेल्सीले फेरि अर्को गोल थपेपछी पहिलो हाफमा चेल्सी ३-१ ले अगाडी रहयो । तेस्रो गोल एनगोलो कांतेले गरेका थिए ।

यस्तै चेल्सीले दोस्रो हाफमा पनि एक गोल सफल हुँदा समग्रमा चेल्सीले ४-१ ले जित हासिल गर्न सफल भयो । टिमका लागि चौथो गोल ८९ औं मिनेटमा मिक्सी बत्सुयीले गरेका थिए ।

यो जितसँगै चेल्सी लिगमा ८ खेलबाट १४ अंकसहित अंकतालिकाको पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *