onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

करनले तीन विकेट लिएपछी हङकङ अहिले दबाबमा

असोज १९ , अनलाइन खेलखबर || ओमानमा जारी पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजको चौथो खेलमा नेपालले हङकङ बिरुद्द खेलिरहेको छ ।

जसमा नेपालका करन केसि चम्किए पछि सुरुवाती अबस्थामा केही राम्रो गरेको हङकङ अहिले भने दबाबमा आएको छ ।

बिज्ञापन

ईनिङको पाँचौ ओभरमा नेपालका करन केसिले हङङका तीन ब्याट्सम्यानलाई पभेलियन फर्काईदिए पछि खेलमा नेपाल फर्किएको छ ।

करनले अहसान अलि निजाकत खान र साहिद वासिदलाई क्रमश : १३ , २३ र ० रनमा आउट गराएका थिए ।

ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरिरहेको हङकङले ६.३ ओभर भित्र ३ विकेटको पतनमा ४६ रन बनाईसकेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्