onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ओमानको लगातार दोस्रो जित : टेस्ट राष्ट्र आयरल्याण्ड ओमानसँग पराजित

असोज १९ , अनलाइन खेलखबर ।। टेस्ट राष्ट्र आयरल्याण्डले ओमानमा जारी पाँच राष्ट्र सम्मलित टी -ट्वान्टी सिरिजमा आफ्नो दोस्रो खेलमा आयोजक ओमानसँग पराजित हुन् पुगेको छ ।

आईतबार भएको सिरिजको तेस्रो खेलमा ओमानले आयरल्याण्डलाई ४३ रनले पराजित गरेको छ । यसअघि ओमानले हङकङलाई ७ विकेटले पराजित गरेको थियो । भने आज पराजित हुन् पुगेको आयरल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।

बिज्ञापन

यता आजको खेलमा घरेलु टोली ओमानले दिएको १ सय ७४ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको आयरल्याण्डले १६.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३० रनमा सिमित हुन् पुगेपछि ओमानले जित हासिल गरेको हो ।

आयरल्याण्डका लागि केविन ओ’ब्रायनले सर्बाधिक ३९ तथा एंडी बालबर्नीले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले निकै निराशाजनक प्रदर्शन गरेपछि टेस्ट राष्ट्र आयरल्याण्ड एसोसियट राष्ट्र ओमानसँग पराजित हुन् पुगेको छ ।

ओमानलाई जित दिलाउन निकै ठुलो भूमिका निर्बाह गरेका बलरमध्ये मोहमम्द नदीम र खावर अलीले समान ३/३ विकेट हात पारेका थिए । भने आमिर कलिम र बिलाल खानले पनि २/२ विकेट लिएका थिए ।

त्यसअघि अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा आयरल्याण्डले टस जित्दै ओमानलाई पहिले ब्याटिङ् गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो ।

ओमानले ठुलो स्कोर खडा गर्ने क्रममा ओमानका आमिर कलिमले सर्बाधिक ठुलो योगदान गरे । मात्र २७ बलको सामना गरेका उनले २ चौका र ३ छक्काको मद्दतमा ४६ रनको पारी खेले । यस्तै जतिनदर सिहले ४० तथा अकिब ईलियासले २१ रनको योगदान गरेपछी आयरल्याण्डबिरुद्दको खेलमा ओमानले ठुलो योगफल खडा गरेको थियो ।

बलिङतर्फ आयरल्याण्डका मार्क अडायर र स्टुअर्ट थॉम्पसनले समान २/२ विकेट हात पार्दा क्रेग यंग,गैरेथ डेलानी र शेन गेटकैटले पनि १/१ विकेट लिन सफल भएका थिए ।

यो खेलपछि सिरिजको चौथो खेलमा अबको केही समयपछी नेपाल र हङकङबीच प्रतिष्पर्दा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्