onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्ले अफ मा पुगिसकेको चेन्नई माथी सन्दिप को टिम दिल्ली को शानदार जित : सन्दिप को पनि उत्कृष्ट बलिग ४ ओवर मा २१ रन खर्चिएर १ विकेट लिन सफल

अनलाईन खेलखबर || शुक्रबार राती इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेल मा चेन्नई सुपर किग्स दिल्ली डेयरडेभिल्स सगँ ३४ रन ले पराजित भएको छ । चेन्नैइ यसअघि नै प्ले अफ पुगिसकेको छ भने दिल्लि प्ले अफ समीकरण बाट बाहिरिएको टिम हो ।

प्रतियोगिता को ५२ औं खेल मा पहिले फिरोज शाह कोटला दिल्ली मा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम दिल्ली ले निर्धारित २० ओवर पुरै खेल्दै ५ विकेट गुमाएर १ सय ६२ रनको योगफल खडा गरेको थियो । नेपाल का स्टार लेग स्पिनर सन्दिप लामिछाने लाई आज पनि निरन्तरता दिएको दिल्लि का लागि ऋषब पन्त ले सर्बाधिक ३८ रन बनाएका थिए । दिल्ली ले पहिलो बिकेट पृथ्वी शाह लाई १७ रन बनाउदा टिमको २४ रन हुँदा गुमाएको थियो । यसपछि दोस्रो बिकेट का लागि अर्का ओपनर श्रेयस लयर लाई १९ रन मा गुमाएको थियो । यसपछि ॠशप पन्त लाई गुमाएको थियो । यसपछि ग्लेन म्याक्सबेल लाई टिमको स्कोर ९४ रन हुँदा गुमाएको थियो उनले चौथो बिकेट का लागि ५ रन मात्र बनाएका थिए । यस्तै पाचौं बिकेट का रुप मा अभिषेक सर्मा लाई २ रन मा गुमाएको थियो । यसपछि विजय सङ्खर र हर्सल पटेल ले अबिजित क्रमश बराबर ३६/३६ रन बनाउदै टिमलाई सम्मानजनक लक्ष्य सम्म पुर्याएका थिए ।

बलिग तर्फ चेन्नई सुपर किग्स का लागि लुन् गि एनगिदि ले २ विकेट हात पार्दा दिपक चाहार ,रबिन्द्र जडेजा र शारदुल ठाकुर ले समान १/१ विकेट हात पारेका थिए ।

जवाफी १ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किग्सं ले पुरै २० ओवर खेल्दै ६ विकेट गुमाएर मात्र १ सय २८ रन मा रोकियो र दिल्ली सामु ३४ रन ले पराजित हुन बाध्य भयो । चेन्नई का लागि आज ओपनर द्रय सेन वाटसन र अमबाति रायुडु ले राम्रो सुरुवात दिलाए पनि मध्यम क्रम मा ब्याटसम्यान चल्न नसकेपछी सामन्य लक्ष्य पनि पूरा गर्न सकेन चेन्नई ले सेन वाटसन ले १४ रन बनाउदा रायुडुले अर्थसतकिय पारि ५० रन बनाएका थिए । ओपनरद्रय रायुडु र वाटस न लाई टिमको स्कोर ७0 रन हुँदा गुमाएको थियो । यसपछि दिल्ली का बलर चेन्नई का ब्याट्सम्यान माथी निकै हाबी हुन पुगे तेस्रो बिकेट का लागि सुरेश रैना लाई १५ रन मा नेपाल का सन्दिप लामिछाने ले पभेलियन फर्कादिए पछि चेन्नई झनै दबाब मा आएको थियो । कप्तान महेन्द्र सिँह धोनी ले १७ रन , रबिन्द्र जडेजा ले २७ रन मा अबिजित रहे ।

बलिगँ तर्फ दिल्ली का लागि टेर्न बोल्ट र अमित मिस्र ले समान २/२ विकेट लिए भने हर्सल पटेल र सन्दिप लामिछाने ले १/१ विकेट लिएका थिए ।

सन्दिप ले ४ ओभर गर्दै उत्कृष्ट बलिग गर्दै १ विकेट लिएर मात्र २१ रन खर्चिएका थिए ।

प्रतिक्रिया दिनुहोस्