onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

त्रिकोणात्मक सिरिजको उपाधि जिम्बावेलाई

काठमाडौं ( अनलाइन खेलखबर ) | सिगांपुरमा भएको त्रिकोणात्मक टि – ट्वान्टी सिरिजको उपाधि टेस्ट मान्यता प्राप्त जिम्बावेले उचालेको छ ।

बिहिबार भएको सिरिजको अन्तिम खेलमा आयोजक सिगांपुरलाई ८ विकेटले पराजित गर्दै नेपाल , सिगांपुर र जिम्बावे सम्मलित सिरिजलाई जिम्बावेले आफ्नो नाममा लेखाउन सफल भयो ।

CLICK HERE TO APPLY NOW

खेलमा सुरुमा ब्याटिङ गर्दै सिगाँपुरले निर्धारित २० ओभर पुरै ब्याटिङ गर्दै ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । जसमा जिम्बावेले उक्त चुनौतीलाई ८ बल बाकी रहँदा मात्र २ विकेट गुमाएर भेटाएको थियो ।

ड्बल राउण्ड रोबिनमा सन्चालन भएको सिरिजमा जिम्बावेले कुल ४ खेलमा ३ मा जित र एकमा हार ब्यहोर्दै ६ अंकसहित अकंतालिकाको शिर्षस्थानमा रहेपछी सिरिजको प्राबधान अनुसार च्याम्पियन बनेको हो ।

जिम्बावे पहिलो हुँदै उपाधि उचाल्दा नेपाल दोस्रो स्थानमा र आयोजक सिगांपुर अन्तिमस्थानमा रहदै सिरिजको समापन गरेको छ ।

सिरिजमा नेपाल पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले सिगांपुरलाई ९ विकेटले पराजित गरेको थियो । भने तेस्रो खेलमा जिम्बावेसँग नेपाल पुन : ४० रनले पराजित हुँदा सिगांपुरसँगको दोस्रो खेल अर्थात समग्रको चौथो खेल भने बर्षाले गर्दा रद्द हुन पुगेको थियो ।

अहिले नेपाली टोली ओमान पुगेको छ । अब नेपालले आउँदो असोज १८ देखि २३ गते सम्म ओमानमा हुँन गईरहेको पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिज खेक्नेछ ।

जहाँ नेपालसहित आयोजक ओमान , नेदरल्याण्ड , हङकङ र आयरल्याण्डले उक्त सिरिजमा सहभागिता जनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्