onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

वुमेन च्याम्पियन्स लिगको खेल तालिका सार्बजनिक : उद्घाटन खेलमा काठमाडौ र चितवन भिड्ने

काठमाडौं ( अनलाइन खेलखबर ) । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजनामा काठमाडौमा यहि आउँदो असोज २९ गतेबाट हुन गईरहेको वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी- २० लिगको खेलतालिका आज सार्बजनिक गरिएको छ ।

आज बुधबार सार्बजनिक गरिएको खेलतालिका अनुसार उद्घाटन खेलमा चितवन राईनोज र क्याट क्विन काठमाडौ भिड्ने भएका छ्न ।

Sudreeshya IT Training Academy | Click to learn more

काठमाडौ किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा प्रतियोगिताको सबै खेल हुनेछ । उद्घाटन खेल बिहान साढे ११ बजेपछी सुरु हुनेछ ।

कुल ५ टिमको सहभागिता रहने प्रतियोगितामा प्रत्येक टिमले एक अर्कासँग १/१ खेल गरि कुल ४ खेल खेक्नेछ्न ।

यहाँबाट अंकतालीकाको शिर्षस्थानमा रहने टिम सिधै फाइनल प्रबेश गर्नेछ । भने दोस्रो र तेस्रो स्थानमा रहने टिमले एलिमिनेटर खेल्नेछ ।

एलिमिनेटरको विजेताले कार्तिक ७ गते हुने फाइनल खेलमा अंकतालीकाको शिर्षस्थानको टिमसगँ खेल्नेछ ।

यता प्रतियोगिताको लागि आन्तरिक तयारी अहिले भईरहेको छ । प्रतियोगिताको खेलाडी छ्नोट बैशाखमै गरिएको थियो ।

काठमाण्डौ स्थित होटेल सांग्रिलामा भएको ड्राफ्ट मार्फत टिममा खेलाडी छनोट भएका थिए ।

जसबाट ५५ खेलाडी टिममा अनुबन्धित भएका छन । ड्राफ्टमा कुल १ सय ७ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए ।

ड्राफ्टकामा खेलाडीहरू लाई डायमण्ड,रुबिज, सफायर, र वाइल्डकार्ड इन्ट्री गरी ४ श्रेणीमा विभाजन गरिएको थियो ।

जसमा पहिलो रहेको डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू रहेका थिए । भने दोस्रोमा रहेको रुबिजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका खेलाडीहरु रहेका थिए भने तेस्रोमा रहेको सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी रहेका थिए ।

र अन्तिम श्रेणीरहेको वाइल्डकार्ड इन्ट्रीमा ट्यालेन्ट हन्टमार्फत छनोट भएर आएका खेलाडीहरु रहने छन । वाइल्डकार्ड इन्ट्रीमा २ जना खेलाडीहरुलाई प्रत्येक टिमले लिन सक्ने छन ।

प्रतियोगितामा सहभागी हुने टिममा पोखरा पल्टन , ललितपुर फाल्कोन्स, क्यापिटल्स रोयल्स काठमाडौं, विराटनगर टाइन्टस र चितवन राइनोज रहेका छन ।

खेल तालिका

प्रतिक्रिया दिनुहोस्