onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रिस्टियानो रोनाल्डोको गोलमा लिभरकुसेनमाथि युभेन्ट्सले सहज जित

असोज १५ , अनलाइन खेलखबर || युइएफए च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले सहज जित हासिल गर्ने क्रममा लिभरकुसेनलाई ३-० ले पराजित गरेको छ ।

युभेन्ट्सको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा युभेन्ट्सले जर्मन क्लब बायर लिभरकुसेनलाई पराजित गर्ने क्रममा खेलको १७ औं मिनेटमा युभेन्ट्सले अग्रता बनाएको थियो ।

Sudreeshya IT Training Academy | Click to learn more

युभेन्ट्सका हिग्युनले पहिलो गोल गरेका थिए ।खेलमा पहिलो हाफको समाप्तिमा युभेन्ट्सले १-० ले अग्रता बनाएको भएपनि दोस्रोमा दुई गोल गर्दै लिभरकुसेनमाथि सहज जित हासिल गर्न सफल भएको हो ।

युभेन्ट्सले ६१ औ मिनेटमा फेडेरिको बर्नार्डेस्कीमार्फत र ८९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछी युभेन्ट्सले सहज जित साहिल गर्न सफल भयो ।

यो जितसँगै समूह “डि ” मा रहेको युभेन्ट्सले २ खेलबाट एकमा जित र एकमा बराबरी खेल्दै ४ अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ । भने लिभरकुसन पनि समान २ खेलमा पराजित हुँदै समूहको अन्तिमस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्