onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लयबाट भड्किएको जिम्बावेमाथि नेपाललाई ऐतिहासिक सफलता हात पार्ने अवसर

असोज १४ , अनलाइन खेलखबर || सिगांपुरमा जारी टि-ट्वान्टी त्रिकोणात्मक सिरिज अहिले निकै रोचक बन्दै गएको छ | प्रत्येक टिमले समान दुई खेल खेल्दा खेलको नतिजाले सिरिजलाई अझ रोचक बनाएको हो ।

सिरिज अन्तर्गत नेपाल पहिले खेलमा टेस्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित भयो त्यसपछी नेपालले आयोजक सिगांपुरलाई शानदार जित निकाल्ने क्रममा ९ विकेटको स्पष्ट जित हासिल गर्यो ।

नेपालसँग लज्जस्पद हार व्यहोरेको सिगांपुरले फेरी जिम्बावेलाई रोमान्चक बनेको खेलमा ४ रनले पराजित गरेपछि सिरिजमा थप उर्जा सबैलाई प्राप्त भएको छ ।

त्यसैबीचमा आज मंगलबार नेपालले दोस्रो पटक जिम्बावेसँग प्रतिश्पर्दा गर्दै छ । सिगांपुरस्थित ईन्डियन एसोसियसनको खेल मैदानमा बेलुका सवा ५ बजेपछी हुँने खेलमा भने आज नेपाल जितको खोजीमा रहने छ ।

अघिल्लो खेलमा राम्रो गर्दा गर्दै अनुभवको कमि देखिदा जित निकाल्नबाट चुकिएको नेपाल आज भने जित हासिल गर्ने सोचका साथ मैदानमा उत्रिने छ ।

यसअघि सिगांपुरले जिम्बावेलाई हराएसँगै नेपालको अनि आशालाई अझ बलियो बनाएको छ । सिगांपुरको जितले टिमलाई अझ हौसला प्रदान भएको छ ।

नेपालले हरायो सिगांपुरलाई सिगांपुरले हरायो जिम्बावेलाई यसले खेलमा धेरै अर्थ राख्छ । टिमलाई सकारात्मक बनाउँछ ।

पछिल्लो समय टेस्ट राष्ट्र भएता पनि जिम्बावेको खेल त्यति सन्तोषजनक भने छैन । सिगांपुर आउनु भन्दा पहिले बंगलादेश भ्रमणमा रहेको जिम्बावेले बंगलादेशमा केहि राम्रो पक्कै खेलेको भएता पनि सिगांपुरमा भने अहिलेसम्म देख्न पाईएको छैन ।

एसोसियटका दुई टप नेपाल र सिगांपुरसँग जिम्बावेलाई निकै कसरत गर्नु परिरहेको छ । यसले पनि देखाउछ जिम्बावे क्रिकेटको अहिलेको अबस्थालाई , त्यसैले टेस्ट राष्ट जिम्बावेलाई हामि पनि जित्न सक्छौ भन्दा ठुलो कुरा नहोला ।

जसको प्रमाणित सिगांपुरले गरिसकेको छ । अब पालो नेपालको रहेको छ । जुन आज गर्न सक्ने नेपालका लागि अवसर पनि रहेको छ ।

यदि नेपालले आज जिम्बावेलाई पराजित गरेको खण्डमा नेपालका लागि आज एक ऐतिहासिक दिन रहने छ । पछिल्ला दुई खेल हेर्दा पनि नेपालले राम्रो गर्दै आएको छ भने जिम्बावेको ठिक उल्टो देखिएको छ ।

यस्तो अबस्थामा टिम उच्चलयमा रहदा खेलाडीले राम्रो गर्दै गर्दा आज हुँने खेलमा जिम्बावेमाथि नेपाल हाबी हुँन सक्छ की भन्ने धेरैलाई लागेको छ । तर हामीले भुल्नु पनि हुँदैन एक दुई खेलमा तलमाथि हुँदैमा जिम्बावे पुरै कमजोर भईहाल्यो |

जिम्बावे हामिहरुको तुलनामा धेरै माथि रहेको छ | उनिहरुमा अनुभवको कमि छैन , जस्तो अबस्थामा खेललाई सहि बाटोमा ल्याउन सक्छन | खेललाई सरल तरिकाले लिन्छन । त्यो नेपालसँगको पहिलो खेलमा पनि देखिएको थियो ।

नेपालले दिएको १ सय ३३ रनको झिनो विजयी लक्ष्यलाई जिम्बावेले १८.१ ओभरमा ५ विकेट गुमाएर भेटाएपनि जिम्बावेका लागि त्यही सहज पक्कै पनि देखिएको थिएन ।

नेपालका स्टार खेलाडी सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै जिम्बावेका सुरुवाती तिन मुख्य खेलाडीलाई सून्य रनमा पभेलियन फर्काएको भएतापनि जिम्बावेले त्यसलाई सामान्य रुपमा लिदै खेललाई अगाडी बढाएको थियो र सफल पनि भयो ।

यो खेलमा नेपालले कम्तिमा पनि १५० माथिको स्कोर गर्न सकेको भएपनि खेलमा जे पनि हुन सक्थ्यो । तर झिनो विजयी लक्ष्य भएता पनि नेपाली बलरले राम्रोसँग टक्कर दिए जुन आफैमा तारिफयोग्य पनि रहेको छ ।

यदि आज नेपालले सुरुमा ब्याटिङ गर्छ भने कमसे कम एक सय ६०/७० स्कोरबोर्डमा बनाउनै पर्छ । यसले गर्दा खेलमा केहि हुन सक्छ । पछिल्लो समय सिगांपुरबिरुद्द कीर्तिमानी शतक बनाएका पारस खडकाको ब्याटिङमा आज पनि नजर जाने छ । यस्तै पारसको शतक प्रहार गर्ने क्रममा उनलाई साथ् दिएका आरिफ शेखको खेल पनि ध्यानमा रहने छ ।

बलिङ बिभागको भने केहि छैन उनिहरुले राम्रो गर्दै आएका छन । बिशेषगरि सन्दिप लामिछानेको बलिङ हेर्न लायक पक्कै हुनेछ । यसअर्थमा लयबाट भड्किएको जिम्बावेलाई आज हराउन सक्ने सुनौलो मौका आज नेपालका लागि रहेको छ त्यसमा नेपाल कुनै हालतमा चुक्नु हुदैन र नेपालले सफलतामा अर्को खुड्किलो पार गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्